असोज १४ गते। दुई युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । भने एक आरोपित फरार छन् ।
सर्लाही सदरमुकाम मलंगवामा दुई युवतीलाई सामूहिक बलात्कार आरोपमा धनुषा जिल्ला सहिदनगर नगरपालिका–४ मौरिया टोलका अनिकितकुमार यादव र पर्सा जिल्ला पटेर्वा सुगौलीका सुजित चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
गत भदौ ३१ गते राति उनीहरुले बलात्कार गरेको भन्दै मलंगवा नगरपालिका-२ स्थित एक कलेजमा अध्ययनरत दुई युवतीले यही असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपित र पीडित मलंगवा–२ को एउटै घरमा भाडामा बसेर पढ्दै आएका थिए । फार्मेसी दोस्रो वर्ष पास भएको उपलक्ष्यमा धनुषा जिल्ला सहिदनगर नगरपालिका–४ मौरिया टोलका अनिकितकुमारले भोज खान बोलाएर सामूहिक बला त्कार गरेको उजुरीमा उल्लेख गरिएको छ । सर्लाही घर भएका फरार एक जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । स्रोत-कान्तिपुर बाट

















Discussion about this post