जनकपुरधाम/असोज ७ गते। प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरधाममा बौद्धी माता र अन्नपूर्णा अमरखाना माताकाे पूजा भव्य बनाउनका लागि विभिन्न उपसमिति चयन गरेको छ ।
जनकपुरधामकाे श्रीराम युवा कमिटीको ७४औँ साधारणसभाबाट बौद्धी माता अन्नपूर्णा अमरखाना माताको पूजालाई भव्य बनाउनका लागि विभिन्न उपसमिति चयन गरिएको हो ।
बैठकबाट मूल अर्थ संकलन उपसमिति कमिटीका अध्यक्ष प्रमेश्वर प्रसाद साहको संयोजकत्वमा चयन गरिएको हो । बौद्धी माता मन्दिरको पूजा संयोजकमा रंजित कुमार र अन्नपूर्णा अमरखाना मन्दिरको पूजाको संयोजकमा जितेन्द्र भगतलाई चयन गरिएको हो ।
त्यस्तै सुरक्षा समिति संयोजकमा गोविन्दकुमार ठाकुर, भजन सन्ध्या कार्यक्रमको संयोजकमा विरेन्द्र ठाकुर, निःशुल्क भोजन व्यवस्थापनको संयोजकमा रामगोविन्द साह, निःशुल्क सर्वत संयोजकमा लक्ष्मण साहलाई र शुभकामना जुलुश एवं फूलपाती संयोजकमा लोकेश्वर झा चयन गरिएको छ । लाइट साउण्ड पण्डाल डेकोरेशन, छठ पूजा र महाअष्टमी खुट्टा खम्बा लाइन संयोजकमा रामकुमार मण्डललाई चयन गरिएको छ । त्यस्तै नवमी महाप्रसाद संयोजकमा अनिकेत ठाकुरलाई चयन गरिएको छ।

















Discussion about this post