असोज ३ गते। ह त्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
पर्सा जिल्लाको जगरनाथपुर ५ मसियानीमा गएराति घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा ५५ वर्षीया कान्तीदेवी बिनको शव फेला परेको हो
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले हत्याराको पहिचान हुन नसकेको बताए।
‘घरमा एक्लै बस्ने (पति नभएकी एकल महिला) को हत्या भएको छ,’ डीएसपी थापाले भने, ‘कसले र किन हत्या गर्याे खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौँ।’
महिलाका छोराछोरी भए पनि उनीहरु बिवाह गरेर अलग्गै बस्ने गरेका प्रहरीले जनाएको छ। ती महिला जगरनाथपुर ५ मसिहानीस्थित गण्डक नहरको डिलमा रहेको घरमा एक्लै बस्दै आएकी थिइन्।
हत्यामा संलग्न हुन सक्ने आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए ।

















Discussion about this post