उदयपुर/भदौ १६ गते । एक ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post