nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : काजलले बोक्सी आरोपमा यातना दिने पतिसहित ती नजनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०८०, ११:३८ बिहान
मधेस प्रदेश : बोक्सी आरोपमा बर्बर यातना… न्याय खोज्दा बनाइयो गाउँ निकालाको तमसुक

रन्जन भण्डारी/महोत्तरी/श्रावण २० गते। महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी (दास)ले आफूलाई बोक्सी आरोप लगाउने र कुटपिट गर्ने श्रीमान् विनोद दासहित तीनजनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । उनले श्रीमान् विनोदसँगै सौता (विनोदकी अर्की श्रीमती) शिलादेवी दास र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– ४ फेछाहाका भगता (धामी) दिनेश यादवविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अन्तर्गत लिखित जाहेरी दिएकी हुन् ।

विनोदले आफ्नी अर्की श्रीमती शिलाको सहयोगमा आफूलाई बोक्सी आरोपमा कुटपिट गरेको तथा मानसिक यातना दिएको काजलको उजुरीमा उल्लेख छ । त्यस्तै, धामी यादवले ‘बोक्सी, भूतप्रेत हटाउने’ भन्दै १० दिन रातिराति मसानघाटमा बसाएको, परेवा र कोभिन्डोको बलि दिन लगाएर बोक्सी ठीक गरेर कसुर गरेको भनिएको छ ।

उजुरीमा उल्लेख भएअनुसार पछिल्लोपटक विनोदले ३१ असार दिउँसो १ बजे, राति ८ बजे र १ साउन बिहान ८ बजे बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । शिलाबाट विनोदका तीन सन्तान छन् । छोरी बिरामी भएपछि शिलाले बोक्सीको आरोप लगाएको र विनोदले ‘यो बढी टुनामुना गर्ने भएको छ, आज तलाईं ठीक नपारी हुँदैन’ भनेर कुटपिट गरेर गाईगोठमा राखेका थिए । ‘१ साउन बिहान म सुतिरहेका वेला पति विनोदले ‘आज यसलाई फाँसी लगाई मारिदिनुपर्छ, यसले हाम्रो घरमा बोक्सी लगाउने तन्त्रमन्त्र गर्ने, टुनामुना लगाउने गर्छ । यसलाई मारेपछि समस्या साफ हुन्छ भन्दै बाँसको लौरोले पिठ्युँ, पाखुरा, मुखमा हानेका थिए,’ उजुरीमा भनिएको छ, ‘शिलाले मेरो कपाल समाती डोरीले घाँटी बाँध्न खोज्दा म रोइकराइ गर्दा समाजका मान्छेले हस्तक्षेप गरेपछि ज्यान जोगिन गएको थियो ।’

आफूलाई बोक्सी आरोपमा कुटपिट गरेपछि काजल १ साउनमा जिल्ला प्रहरीमा पुगेकी थिइन् । त्यतिखेर प्रहरीले कुटपिटको मात्र उजुरी लिएर तीन दिनपछि छलफलका लागि बोलाएको थियो । तर, ४ साउनमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र हुँदा बाहिर भने सम्बन्धविच्छेदसहित पिपरा गाउँबाट काजललाई निकाला गरिएको तमसुक बनाइएको थियो, जुन तमसुकमा काजलको पनि ल्याप्चे छ । 

काजलले शुक्रबार दिएको जाहेरीमा उल्लेख भएअनुसार छलफलका क्रममा विनोदले दुईवटा कागजमा सहीछाप गर, अब आइन्दा तँजस्ता बोक्सीलाई राख्दिनँ, समाजबाट नै बहिष्कार गर्छु भनेर जबर्जस्ती सहीछाप गराएका थिए ।

‘पतिले बोक्सीको आरोपमा म बसोवास गरेको ठाउँ तथा समाजबाट बहिष्कार गर्ने गरी लेखाइएको कागजमा जबर्जस्ती सहीछाप लगाएकाले म जाहेरीवाली बाध्य भई यो जाहेरी लिई उपस्थित भएकी छु । अन्ततः विपक्षीलाई झिकी कानुनबमोजिम हुने हदैसम्मको सजाय गरी म जाहेरीवालीलाई निजहरूको यातनाबाट पर्न गएको क्षतिको क्षतिपूर्तिसमेत दिलाइपाऊँ,’ उजुरीमा भनिएको छ ।

काजललाई बोक्सी आरोपमा बर्बर यातना दिइएको र सम्बन्धविच्छेदसहित गाउँ निकालाको तमसुक बनाएको समाचार नयाँ पत्रिकाले १८ साउनमा सम्प्रेषण गरेपछि प्रहरीले उनलाई बोलाएर जाहेरी दिन सुझाएको थियो । उनी श्रीमान्सहित तीनजनाविरुद्ध जाहेरी लिएर शुक्रबार जिल्ला प्रहरी पुगेकी हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले पीडितले दिएको बोक्सीको आरोपमा जाहेरी दर्ता भएको र अनुसन्धान अगाडि बढेको बताए । ‘जाहेरीमा बोक्सी आरोप, कुटपिटसँगै गर्भपतनलगायत विषय उल्लेख छ, अनुसन्धान गरेर कुन–कुन कानुन आकर्षित हुन्छ त्यहीअनुसार मुद्दा चल्छ,’ उनले भने, ‘पीडितसँग गराइएको तमसुकको पनि अनुसन्धान हुन्छ ।’ 

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई आठ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ मा छ । यो ऐनमा ‘कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, रासायनिक, विषालु, जैविक पदार्थ प्रयोग गरी वा अन्य किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी र नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाखसम्म जरिवाना’को व्यवस्था छ । 

काजलको जाहेरी ओरेक महोत्तरी, इन्सेकलगायत संघसंगठनको सहकार्यमा अधिवक्ता रिंकुकुमारी यादवले निःशुल्क लेखिदिएकी हुन् । काजल १ साउनदेखि छरछिमेकीको घरमा बस्दै आएकी छिन् । स्रोत-नयाँ पत्रीका अनलाईन बाट

Tags: मधेस प्रदेश खबरमहोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!