सप्तरी/श्रावण १६ गते। बोल्न नसक्ने १७ वर्षीया बालिकालाई बला त्कार गरेको आरोपमा सप्तरी को शम्भुनाथ नगरपालिका–७ भगवतपुरका २० वर्षीय प्रसाद सदाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले साउन १२ गते उजुरी दर्ता गरेको छ ।
पीडितलाई नियन्त्रणमा लिई आरोपितले साउन १० बला त्कार गरेको भन्दै पीडितका बुबाले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ११ गते स्वास्थ्य परीक्षण भएको छ ।
घटनापछि आरोपित फरार रहेको र खोजविन भइरहेको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध साउन १२ गते प क्राउ अनुमति पत्र जारी भएको छ ।स्रोत-इन्सेक अनलाईन बाट















Discussion about this post