nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्त कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगे

सजिलो पोस्ट सजिलो पोस्ट
असार २, २०८०, २:४९ मध्यान्ह
मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

सीआर भण्डारी/असार २ गते । पछिल्लो समय लघुवित्त वित्तीय संस्था विरुद्द आन्दोलन चर्किएपछि व्यवसाय विस्तार नहुँदा लघुवित्त संस्थाहरु मारमा परेका छन् । आफ्नो व्यापार व्यवसाय नै ठप्प भएपछि चालू आर्थिक वर्षमा कर्मचारीलाई तलब खुवाउन सकस परेको लघुवित्तकर्मीहरु बताउँछन् । लघुवित्त विरुद्धका पछिल्ला क्रियाकलापले विगतमा व्यवसाय नै ठप्प भएपछि नाफामा समेत संकुचन आएको उनीहरुको भनाइ छ । साथै, नियामक निकाय राष्ट्र बैंकले समेत लघुवित्तको व्यवसायमा कडाइ गरेपछि नाफामा सकुंचन आएको लघुवित्त सञ्चालकहरु बताउँछन् ।

नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त लम्साल लघुवित्त संस्थाहरु कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्न थालेको बताउँछन् । अहिले सबै कर्मचारीहरु ऋण असुलीमा लागेको भएपनि राम्रो रिकभरी हुन नसकेको उनको भनाइ छ । राष्ट्रले जारी गरेको निर्देशनले समेत अहिले काम गर्न नसकेको उनले बताए ।

लघुवित्त संस्थाहरु अहिले ऋण असुलीमा लागेका छन्, राष्ट्र बैंकले केही खुकुलो निर्देशन जारी गरेको भएपनि त्यति धेरै सहज भएको छैन, राष्ट्र बैंकको निर्देशनले पनि काम गर्न सकेको छैन,’ उनले भने, ‘अहिले जसोतसो कर्मचारीलाई तलब दिइरहेका छौं, यस्तै स्थिति रहिह्यो भने कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्था आउने हो की भन्ने चिन्ता छ, किनभने रिकभरी भएको छैन, ब्याज आम्दानी नभएपछि संस्था कसरी चल्छ, लघुवित्तको आम्दानीको स्रोत नै ब्याज हो ।’

उनका अनुसार लघुवित्त संस्थाहरु अप्ठ्यारोमा स्थितिमा सञ्चालन भइरहेको उनको भनाइ छ । यदि लघुवित्तको स्रोत नै बन्द भएपछि कर्मचारीलाई तलब दिन नसक्ने उनको भनाइ छ । राष्ट्र बैंकसँग थप सुविधा मागेको उनले बताए ।

‘सबै संस्थालाई भन्दा पनि केही संस्थालाई ठूलो समस्या पर्न सक्छ, वित्तीय अवस्था कमजोर भएका संस्थालाई प्रभाव पार्ने देखिन्छ, कर्मचारीलाई तलव नै नदिन सकिने हो की भन्ने डर छ, अहिले कुनै पनि लघुवित्तले कर्मचारी निकालेका छैनन् तर, विजनेश बढ्ने सम्भावना कम भएकाले कटौति गर्नु पर्ने हुन्छ,’ उनले भने ।

उनका अनुसार लघुवित्त विरुद्धका घटनाले मात्रै यस्तो अवस्था आएको होइन । अहिले मन्दीको बेला समग्र क्षेत्रमा यस्तै स्थिती रहेको उनले बताए ।

जाल्पा सामुदायिक लघुवित्तकी सीईओ विमला योगी अहिले लघुवित्तकर्मीहरु ऋण असुलीमा लागेको हुँदा चौंथो त्रैमास पछि मात्रै के हुने भने एकिन हुने बताउँछिन् । यदि असार मसान्तमा लघुवित्तमा ठूलो क्षय नआएमा मात्रै कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था आउने उनको भनाइ छ ।

‘अहिले लघुवित्त संस्थाहरु टिकिरहेका छन्, असार मसान्तमा धेरै ठूलो क्षय भयो, संस्था घाटामा गयो, खराब कर्जा १० प्रतिशत भन्दा बढी पुग्यो भने कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था आउन सक्छ तर, थोरै संस्थाहरु मात्रै सुरक्षित अवतरण गर्छन् होला,’ उनले भने, ‘लघुवित्त संस्थामा रिकभरी सोचे जस्तो भएको छैन तर, विस्तारै हुने अपेक्षा छ ।’

अहिले जाल्पा सामुदायिक लघुवित्तको खराब कर्जा ७.५ प्रतिशत छ । उनका अनुसार अब लघुवित्तको खराब कर्जा घट्दै जाने छ । लघुवित्त विरुद्धको संघर्ष समितिको आन्दोलनले आर्थिक क्रियाकलाप नै ठप्प बनाएको उनको भनाइ छ ।

‘धेरै जसो सदस्यहरु सरकारले ब्याज छुट गरेर राहत दिन्छ की भन्ने आशमा छन्, क्षमता भएका ऋणीहरुले तिर्न मानेन्, यस्तै अवस्था रहिरह्यो भने भोलिका दिनमा कर्मचारीलाई तलव दिन नसकेर निकाल्नु पर्ने अवस्था आउन सक्छ,’ उनले भनिन्, ‘असारको अन्तिम रिजल्टले सबै देखाउँछ, थप लगानी नै बन्द भयो र आउनु पर्ने किस्ता रोकिएपछि के हुन्छ भनेर भन्न सकिँदैन ।’

लघुवित्त बैंकर्स संघका कार्यवाहक अध्यक्ष तथा धौलागिरी लघुवित्तका सीईओ मिन बहादुर बोहराले शान्ति सुरक्षा बाहेक कर्मचारीको अन्य स्थिती सामान्य रहेको बताउँछन् । लघुवित्त विरुद्धका गतिविधिले कर्मचारीको मनोबल भने कमजोर बनेको उनको भनाइ छ ।

‘लघुवित्तका कर्मचारी देख्यो भने कालोमोसो दल्ने, कुटपिट गर्ने गतिविधि भएका छन्, यसले कर्मचारीको मनोबलमा ब्यापक गिरावट आएको छ, कर्मचारीहरुले पनि हामीलाई शान्ति सुरक्षा हुनु पर्ने माग गरिरहेका छन्,’ उनले भने, ‘म कार्यवाहक अध्यक्ष भएएर आएपछि टास्क फोर्स बनाएर काम गरिरहेका छौं, कहाँ के समस्या परेको छ त्यहाँ तत्काल समाधान गर्ने गरी काम भइरहेको छ, त्यसले कर्मचारीमा हौसाला बढाएको छ ।’

उनका अनुसार कर्मचारीहरु लघुवित्तका सेना हुन् । अर्काे कुनै ठाउँमा राम्रो अवसर पाएर छोडेको हुन सक्ने उनले बताए । तर, लघुवित्तले सेवा सुविधा र तलवभत्ता नपाएर नछाडेको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुमा कूल २३ हजार कर्मचारी कार्यरत रहेका छन् । जसले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब ४ अर्ब रुपैयाँ मात्रै नाफा कमाएका छन् । गत वर्षको तुलनामा यस वर्ष लघुवित्तको खुद नाफा ५६.२७ प्रतिशत घटेको हो । चैत मसान्तसम्म लघुवित्त संस्थाहरुले ३ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थिए । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त संस्थाहरुले ९ अर्ब ६ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

चैत मसान्तसम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएमडीसी लघुवित्त, छिमेक लघुवित्त र साना किसान विकास लघुवित्तको नाफा बढेको छ । अन्य सबै लघुवित्तको लाभांश घटेको छ । साथै, समीक्षा अवधिमा १० वटा लघुवित्तको नाफा ऋणात्मक रहेको छ । धौलागिरी, लक्ष्मी, वन नेपाल, आरम्भ चौतारी, सामुदायिक, गुराँस मनकामना स्मार्ट, मानुषी र जाल्पा सामुदायिक लघुवित्त चैतसम्म ३० करोड रुपैयाँ बराबरको ऋणात्मक रहेका छन् ।

आर्थिक संकटका कारण लघुवित्त संस्थाको खराब कर्जा पनि ह्वात्तै बढेको छ । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार लघुवित्तको औषत खराब कर्जा ७ प्रतिशत भन्दा बढी पुगेको छ । गत वर्षको सोही अवधिमा ३.०४ प्रतिशत खराब कर्जा थियो । सोही तथ्यांकको आधारमा लघुवित्त संस्थाहरु अहिले पनि सकसमा रहेको देखिन्छ।स्रोत-बिकास न्युज अनलाईन बाट साभार

Tags: लघुवित्त समाचार

Discussion about this post

Related Posts

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

बारामा दुई भारतीय मोटरसाइकल दुर्घटना हुँदा सिम्रौनगढका एकजनाको मृत्यु

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम- सिके राउत

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!