nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बलान बिहुलमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको खुलासा……

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ६, २०८०, १०:४८ बिहान
सप्तरीको बलान बिहुलमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको खुलासा……

सप्तरी/जेठ ६ गते । मधेस प्रदेशको सप्तरी स्थित बलान विहुल गाउँपालिकामा निर्माणाधीन १५ शैय्याको प्राथमिक अस्पताल भवनमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको जनप्रतिनिधिले नै दावी गरेका छन् ।

गाउँपालिकाको योजना तथा कार्यक्रम अनुगमन समितिका संयोजक समेत रहेकी उपाध्यक्ष रेणु यादवले भवन निर्माण कार्य रोक्का गर्न निर्माण कम्पनीलाई पत्राचार नै गरेपछि सो विषय बाहिरिएको हो ।

उपाध्यक्ष यादवले गत चैत्र २० गते अस्पताल भवन निर्माण गरिरहेको रौताहा/श्रेष्ठ एण्ड सन्स/रेग्मी जेभी त्रियुगा नगरपालिका, उदयपुरलाई पत्राचार गरी काम रोक्का गर्न भनेकी हुन् । उनले सो निर्माण कार्यबारे आफुलाई कुनै जानकारी नदिई मनोमानी तथा गैरकानूनी तरिकाले निर्माण कार्य गराइरहेको सो पत्रमा उल्लेख गरेकी छन् ।

‘भवन निर्माणमा प्रयोग भइरहेको ईट्टा, ढुंगा, बालुवा, गिट्टी र छड गुणस्तरहीन भएको’ पत्रमा भनिएको छ । उनले अनुगमन समितिसँग छलफल नभएसम्म निर्माण कार्य तत्काल रोक्न तथा छलफलमा आउँदा टेण्डर लिएको र निर्माण कार्य प्रक्रियाको सम्पूर्ण कागजात समितिसमक्ष पेश गर्न पनि भनेकी छन् । ‘तर, निर्माण कम्पनीले अहिलेसम्म पनि सो पत्रको कुनै वास्ता गरेको छैन् भने निर्माण कार्यमा पनि मनोमानी कायमै राखेको छ’ उनले मधेशलाइभसँग भनिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले ती विषयमा ४/५ पटक छलफल भए तापनि समाधान भने अझैं हुन नसकेको प्रतिक्रिया दिए । ‘उपाध्यक्ष ज्यूले कुरा उठाइसकेपछि हामीले स्थलगत अनुगमन पनि गरेका थियौं, प्राविधिकले सबै कुरा ठिकै भनिरहे पनि निर्माण सामग्री गुणस्तरीय नै हो भन्ने यकिन गर्न सकिएको छैन्’ उनले भने, ‘हाम्रो छलफल हुँदा निर्माण सामग्रीको थर्ड पार्टी भेरिफिकेशन हुनुपर्ने कुरा आयो तर निर्माण कम्पनीले निर्माण सामग्रीको ल्याब टेष्ट गराउनेतर्फ चासो दिएकै छैन् ।’

आरोप लागेपछि निर्माण सामग्री गुणस्तरीय नै छ भन्ने प्रमाण देखाउने वा चित्त बुझाउने दायित्व.निर्माण कम्पनीको रहेपनि उनीहरु उदासिन बनेको उनको भनाइ छ । ‘मैले पनि उहाँहरुलाई दुई पटक बोलाए तर आउनुभएन’ प्रमुख प्रशासकीय अधिकृत कुसियैतले भने, ‘निर्माण कम्पनीले जवाफ दिने कुरामा चासो लिएको छैन् ।’

उता, निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र खत्रीले भवन निर्माण कार्य गुणस्तरीय नै भइरहेको बताए । ‘हामीले कामदारका लागि शौचालय बनाउन ५/७ सय जति दुई नम्वर ईट्टा ल्याएका थियौं । शायद उपाध्यक्ष ज्यूले त्यहीँ हेरेर त्यो भन्नुभएको हो कि?’ उनले भने, ‘तर भवन निर्माण कार्य गुणस्तरीय भइरहेको छ ।’

यता गाउँपालिका कार्यालयकाअनुसार २०८२ असार २५ गतेसम्म निर्माण भइसक्ने गरी सो अस्पताल भवन निर्माणका लागि कुल १४ करोड ५ लाख ७४ हजार २१२ रुपैयाँ (भ्याट बाहेक)मा रौताहा/श्रेष्ठ एण्ड सन्स/रेग्मी जेभी त्रियुगा नगरपालिका, उदयपुरले ठेक्का पाएको छ । स्रोत-मधेसलाइभबाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!