nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा साथीसँग मिलेर श्रीमानको ह त्या, इनरवती र नासिरलाई जन्मकैद

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ५, २०८०, ८:३८ मध्यान्ह
श्रीमती ह त्या अभियोगी हिरालाललाई सर्वस्वसहित जन्मकैद

सप्तरी/जेठ ५ गते। सप्तरीमा श्रीमानको ह त्यामा संलग्न सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोलकी इनरवती महतोलाई जन्मकैदको सजाय भएको छ। रामसुन्दर महतोको ह त्या आरोपमा इनरवतीलाई जन्मकैदको सजाय भएको हो।

इनरवती संलग्न रहेको ह त्या घटनाका मुख्य अभियुक्त सप्तरीको रूपनी गाउँपालिका-१ रूपनी चौकका ३८ वर्षीय नाजिर मियाँ भनिने नासिर मियाँलाई समेत जन्मकैद सजायको फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ। नासिर जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समूहमा आवद्ध थिए।

विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिहरूलाई फोन गरी धम्काई चन्दा असुली गर्ने कार्यमा नासिर सरिक रहेको प्रहरीले जनाएको छ। बिष्णुपुर गाउँपालिका-७ बाट २०७४ जेठ १३ गते एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित नासिर पक्राउ पनि परेका थिए। उक्त घटनामा जरिवाना तिरेर नौ महिनापछि नासिर जेलबाट रिहा भएका थिए। 

अवैध लागुऔषध व्यापार गर्ने, लुकाई छिपाई हतियार बोकी हिँड्ने र जनमानसमा डर त्रासको वातावरण सृजना गर्ने आपराधिक समूहका व्यक्ति हुनुका साथै गाँजाका अम्मली पनि रहेको प्रहरी अनुसन्धानले देखाएको छ। 

गाँजाकै संगतले नासिरको रामसुन्दर महतोसँग मित्रता बढेको थियो। मोर्चाको गतिविधि लुकिछिपी गर्न उनले महतोको घरलाई बस्ने आश्रयस्थलका रूपमा प्रयोग गर्थे। यसै क्रममा नासिर र इनरवती नजिकिएका थिए।  

नासिर र डाक्नेश्वरी नगरपालिका-७ ब्रहमपुरका ३० वर्षीय रोशन साह ०७८ असोज ८ गते बिहान महतोको घर पुगेको महतोकै छोरा जितेन्द्रले बताएका छन्। नासिरले उनको गाउँटोलमा भोज छ भनी खाना बनाउने कामका लागि महतोलाई लिएर गएका थिए। 

भोजका लागि लैजाने र जाने तीन दिनसम्म सम्पर्कविहिन भएपछि घरपरिवारका सदस्यहरूले खोजी गरेका थिए।

सप्तरीको शम्भुनाथ नगरपालिका-१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते पहिचान नखुलेको शव फेला परेको थियो। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा सनाखतका लागि शव पोष्टमार्टम नगरी राखिएको थियो। 

वेवारिसे शवको बारेमा जानकारी पाएर पुगेका मृतक महतोका दाजु मधुसुदन महतोले भाइले लगाएको कपडा र घाँटीमा लगाएको रुद्राक्षको माला देखेर पहिचान गरेका थिए।

शवको पहिचान खुलेर असोज ११ गते सनाखत भएको थियो। महतोलाई घरबाटै लैजाने मियाँ र साह भने बेपत्ता थिए। उनीहरूले नै हत्या गरेको हुन सक्ने मधुसुदनले बताएपछि प्रहरीले आरोपितहरूको खोजी गर्न थालेको थियो।

इनरवती उतिबेला घटनालगत्तै पक्राउ परेकी थिइन। तर ठोस प्रमाणको अभावमा छुटेकी थिइन्। मोबाइल फोनको कल डिटेल्स (सिडिआर) रिपोर्टका आधारमा प्रहरीले इनरवतीसहित मदिरा पसले, कार्यक्रममा नाचगान गर्ने युवतीलाई घटना लगत्तै नियन्त्रणमा लिएको थियो। 

पर्याप्त प्रमाण विना मतियार, सहयोगीलाई अदालतमा पेश गर्दा शंकाको लाभमा धरौटीमा छुट्न सक्ने अवस्था हुने अनुमान गरेर नै इनरवतीसँग वयान लिएर छाडिएको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ। 

इनरवतीसँगै सोही आधारमा मुख्य अभियुक्त समेत अदालतमा हाजिर भई छुट्ने अवस्था हुन सक्ने अनुमान गरेर नै प्रहरीले पहिले मुख्य अभियुक्त पक्राउ गरेर पछि मात्र मृतककी श्रीमतीलाई पक्राउ गर्ने जाल फिजाएको थियो।

नासिरलाई पक्राउ गर्न मृतककी श्रीमतीलाई तत्काल छाडिएको आरोपितहरूले चाल नै पाएनन्। इनरवती छुटेपछि प्रहरीले नासिरको खोजिकार्य गरिरहेको चाल पाएर उनी भारतको विहारमा गई लुकेर बसे। 

प्रहरीले पक्राउ गर्न र उजुरी दर्ता गर्न खोजी रहेको थाहा पाएका नासिरले भारतबाटै एसपीसँग फोनमा हत्या स्वीकार्दै आफूलाई पक्राउ गर्न चुनौति पनि दिए। भारतमा लुकेर बसेका कारण प्रहरीले नासिरलाई पक्रन सकिरहेको थिएन्। सप्तरी प्रहरीले भारतीय प्रहरीलाई यसबारे जानकारी गराएर सहयोग मागेको थियो। 

स्थानीय तहको निर्वाचन नजिकिएपछि उम्मेदवारहरूलाई सहयोग गर्ने बहानामा राजनीतिक सरंक्षण लिएर नेपाल भित्रिएको सूचना पाएको सप्तरी प्रहरीले नेपाल-भारत सिमा नजिकै बोदे बर्साइन नगरपालिकाबाट नासिरलाई ०७९ वैशाख २३ गते पक्राउ गरेको थियो। 

उता प्रहरीले अनुसन्धान गरेपश्चात छाडिएकी र घरमै बसिरहेकी इनरवती आफूमाथि प्रहरीको शंका नरहेको भन्दै ढुक्क बसेकी थिइन्। नासिर पक्राउ परेपछि प्रहरीले इनरवतीलाई पनि ०७९ जेठ २४ गते पक्राउ गरेको हो।

नासिर र रोशन साहले नै महतोको हत्या गरेको र इनरवतीको समेत संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। महतो बिहेको लगनका बेला हुने भोजभतेरमा खाना पकाउने काम गर्थे भने अरू बेला तरकारी बिक्री गर्थे।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशबाट अभियुक्तहरुलाई जन्मकैद सजायका साथै दुवै अभियुक्तले जनही दुई हजार आठ सय रुपैयाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ। 

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार आरोपित नासिरले ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला पनि भएको छ। हत्या घटनाका तेस्रो आरोपित रोशन साह हालसम्म फरार छन्। उनको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ। 

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!