nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कतै बाट न्याय नपाए पछी ७ दिनदेखि अनशनमा बिनु यादव

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २, २०८०, १०:१३ मध्यान्ह
कतै बाट न्याय नपाए पछी ७ दिनदेखि अनशनमा बिनु यादव

काठमाडौं/जेठ २ गते। बिनु यादव माइतीघरको सडकमा बसेको ७ दिन पुग्यो । न्याय खोज्दै ४ वर्षदेखि प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी उनी कतैबाट न्याय पाउन नसकेको भन्दै सडकमा आएकी हुन् ।

आफ्नै प्रेमिबाट बलात्कृत भएको उजुरी लिएर उनी २९ वैशाख ०७५ कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् बिनु । यहाँबाट सुरु भएको उनको न्याय यात्रा अझै टुंगिएको छैन ।

बला त्कारको उजुरीमाथि अनुसन्धान गर्नुको सट्टा महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीले मेलमिलाप गराउँदै बिनुलाई उजुरी फिर्ता गर्न लगायो । मेलमिलापपछि जसविरुद्ध उनी उजुरी लिएर गएकी थिइन् उसैसँग विवाह गर्न गरिन् ।

प्रेमी प्रदीप कठायतको परिवारको दबावमा आफूले विवाह गरेको बताउँछिन बिनु । यसरी विवाहका लागि दबाव दिने र उजुरी फिर्ता लिन प्रदीपका मामा नाता पर्ने डीएसपी सुरज कार्कीले दबाव दिएको यादव बताउँछिन् । ‘सुरज कार्कीले मेरो कोठामै आएर मुद्धा फिर्ता लेऊ नभए नराम्रो हुन्छ भन्दै बारम्बार धम्की दिए’, यादव सुनाउँछिन् ।२५ मंसिर ०७६ मा भद्रकाली मन्दिरमा प्रदीप र बिनुको विवाह भयो । त्यसपछि रामेछापस्थित श्रीमानको घर गइन् ।

घरमा आफूमाथि निरन्तर हिंसा भएको बिनुको भनाइ छ । ‘जर्बज स्ती गर्भपतनसमेत गर्न लगाए’, उनी सुनाउँछिन्, ‘मेरा हातखुट्टा बाँधेर जबर्जस्ती गर्भपतनको औषधी समेत खुवाए ।’ घरेलु हिंसा असह्य भइरहँदा काका ससुरा नाता पर्ने पवन कठायतले नै आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको उनको भनाइ छ ।

७ असोज ०७७ मा बिनुविरुद्ध श्रीमान प्रदीपले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरे । ७ वैशाख ०७९ मा रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेद हुने फैसला गर्‍यो ।

फैसलाको दिन बिनुले अदालतमै विष पिएकी थिइन् । ‘सधैं घरमा कुटपिट र हिंसा सहनु परेको । त्यसमाथि जबर्जस्ती सम्बन्ध विच्छेद भएको र काका ससुराले नै जर्बजस्ती करणीको प्रयास गरेपछि सह्य नभएर विष खाएँ,’ उनले भनिन् ।

काका ससुराले आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको भन्दै अदालत पुगेकी थिइन् बिनु । तर, जिल्ला अदालत रामेछापले २९ फागुन ०७९ मा पवन कठायतलाई सफाइ दियो । जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालत पाटन पुगेकी छिन बिनु ।

सम्बन्ध विच्छेदको फैसलाविरुद्ध पनि बिनु उच्च अदालत पुगेकी छिन् । बिनुका कानुन व्यवसायी इन्द्र अर्यालका अनुसार ९ जेठमा उच्च अदालतमा सम्बन्ध विच्छेदको अन्तिम सुनुवाइ छ ।

आफूमाथि प्रहरी र अदालत दुवै ठाउँबाट अन्याय भएको भन्दै आमरण अनशन बसेको उनको भनाइ छ । ‘अदालत, प्रहरी सबैतिरबाट म माथि अन्याय भयो’, उनी भन्छिन् ।

बलात्कारको उजुरी फिर्ता गर्न लगाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले समेत चासो देखाएको छ । आयोगले बिनुले दिएको उजुरी, मेलमिलाप गराएको कागज र बिनुको स्वास्थ्य परीक्षणका कागजात अध्ययन गरिरहेको छ ।

आयोगका सहसचिव दीपकध्वज कार्कीका अनुसार मानव अधिकार आयोगले बलात्कारको उजुरी फिर्ता लिन लगाएको सन्दर्भमा अनुसन्धान गरिरहेको छ । उनी भन्छन्, ‘त्यतिखेरका सबै कागजातहरु, जाहेरी, मिलापत्र र मेडिकल जाँच रिपोर्ट हामीले मगाएर अनुसन्धान गरिरहेका छौं ।’

यस बाहेक गृहमन्त्रालयले पनि बिनुको अनशनमा चासो देखाएको छ । ३१ वैशाखमा गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय बिनुलाई भेट्न पुगेका थिए । बस्नेतका अनुसार मन्त्रालयले बिनुका कानून व्यवसायी र महान्यायाधिवक्तासंग छलफल गरिसकेको छ ।

‘अदालतमा रहेको मुद्धाको सवालमा हामीले केही गर्न मिलेन । तर, बलात्कारको उजुरी फिर्ता गर्न लगाएको र मिलापत्र गर्न लगाएको विषयमा हामीले महान्यायाधिवक्ताज्यूलाई बुझ्न भनेका छौं । यस्ता विषयमा अनुसन्धान गर्न त्यहाँ एउटा कमिटी हुन्छ, त्यसले अनुसन्धान गर्छ’, सहसचिव बस्नेतले भने ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि