nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नजिकिँदै रास्वपा–जनमत पार्टी : कार्यगत एकताको पहल सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २१, २०८०, १२:०० मध्यान्ह
नजिकिँदै रास्वपा–जनमत पार्टी : कार्यगत एकताको पहल सुरु

बैशाख २१ गते । गत ४ मंसिरको निर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच कार्यगत एकताको पहल सुरु भएको छ । प्रतिनिधिसभामा २१ सिट रहेको रास्वपा र ६ सिट रहेको जनमतबीच राजनीतिक र विकाससँग जोडिएका मुद्दामा सहकार्य गरेर अघि बढ्ने गरी छलफल सुरु भएको हो ।

सिके राउत, अध्यक्ष, जनमत पार्टी रविजी र मेरो भेटघाट भइरहन्छ । हामीबीच कसरी अघि बढ्ने, जनताका अपेक्षा कसरी पूरा गर्ने भन्नेतर्फ केन्द्रित भएर छलफल हुने गरेको छ । राजनीतिक र विकासका एजेन्डामा दुवै दलबीच सहकार्य गरौँ भन्ने हिसाबले कुरा भइरहेको छ ।

मंगलबारमा रास्वपा सभापति रवि लामिछाने र जनमतका अध्यक्ष सिके राउतबीच भएको भेटवार्तामा पनि यसबारे छलफल भएको थियो । जनताको अपेक्षा पूरा गर्न दुई दल मिलेर अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जनमतका अध्यक्ष राउतले बताए । ‘रविजी र मेरो भेटघाट भइरहन्छ,’ उनले भने, ‘हामीबीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । जनताको अपेक्षा कसरी पूरा गर्ने भन्नेतिर हामी केन्द्रित छौँ । दुवै दल सहकार्य गरौँ भन्ने हिसाबले कुरा भइरहेको छ ।’

रास्वपा र जनमत दुवै अहिले सरकारबाहिर छन् । तर, दुवैले सरकारलाई दिएको समर्थन फिर्ता गरेका छैनन् । दुवै दलले अहिले सरकारमा जाने या समर्थन फिर्ता गरेर प्रतिपक्ष बस्ने भन्नेबारे सँगै निर्णय लिनुपर्ने पक्षमा रहेको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए । पुराना दलप्रति मतदातामा देखिएको वितृष्णका कारण नयाँ आशाका रूपमा उदाएका रास्वपा र जनमतबीच साथीजस्तो सम्बन्ध रहेको ढकालको भनाइ छ ।

‘जनमत र रास्वपाबीच नजिकको सम्बन्ध छ,’ उनले भने, ‘हामी साथी दल हौँ । अरू दलभन्दा पनि बढी जनमत पार्टीसँग हाम्रो सहकार्य हुने सम्भावना बढी छ । त्यसैले मुद्दाका हिसाबले सहकार्य गरेर अघि बढौँ भन्ने विषयमा छलफल भइरहेको छ । सभापतिज्यूसँग भेटघाटमा सरकारमा जाने–नजाने भन्ने निर्णय पनि सँगै गरौँ भन्ने कुरा भइरहेको छ । जनताले आशाका रूपमा हेरेका हामी दुवै मिलेर काम गर्नुपर्छ भन्ने पक्षमा छौँ ।’

मुकुल ढकाल, महामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी
जनमत र रास्वपाबीच नजिकको सम्बन्ध छ, हामी साथी दल हौँ । दुवै दललाई जनताले आशाका रूपमा हेरेकाले मिलेर काम गर्नुपर्छ भन्ने पक्षमा छौँ । सरकारमा जाने/नजाने भन्ने निर्णय पनि सँगै गरौँ भन्ने कुरा भइरहेको छ ।

मंसिरको निर्वाचनपछि बनेको एमाले–माओवादीसहितको गठबन्धनमा सँगै सहभागी भएका रास्वपा र जनमतबीच त्यतिवेलादेखि नै हार्दिक सम्बन्धको रहँदै आएको छ । चाहे लामिछानेको एकसाथ गृहमन्त्री, सांसद र पार्टी सभापति पद जाँदा होस् या उपराष्ट्रपतिमा जनमतले उम्मेदवार खडा गर्दा, दुवैले एक–अर्कालाई समर्थन गरेका थिए । १३ माघमा लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले पद खारेज हुने फैसला गर्दा राउतले खुलेर लामिछानेको पक्षमा स्टाटस लेखेका थिए । उनले अहिलेको संसद् र सरकार लामिछाने आशाको केन्द्र रहेको भन्दै ‘हिरो’का संज्ञा दिएका थिए । ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन नहोस् र कतिपय राजनीतिक एजेन्डाविपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोस र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो । कमब्याक हिरो,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

त्यस्तै, ३ चैतमा भएको उपराष्ट्रपतिको निर्वाचनमा रास्वपाले जनमत पार्टीका उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको थियो । त्यतिवेला सत्तागठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादवले उम्मेदवार दिएका थिए भने एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी थियो । जनमत पनि सत्तागठबन्धनमै थियो, तर प्रदेशमा मुख्यमन्त्रीदेखि उपराष्ट्रपतिसम्म जसपालाई दिने निर्णयले सन्तुष्ट थिएन । त्यसकारण उपराष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो । त्यतिवेला जनमतलाई सघाउने एक मात्र दल रास्वपा बन्यो ।

जनमत पार्टीका नेता बिपी साहले पनि रास्वपासँग कार्यगत एकता गरेर अघि बढ्नेबारे छलफल भइरहेको बताए । ‘नयाँ शक्तिका रूपमा संसद् प्रवेश गरेयता नै रास्वपा र हामीबीच निरन्तर संवाद चलिरहेको छ,’ उनले भने, ‘कार्यगत एकता गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको छ, तर ठोस निष्कर्षमा पुगिसकेका छैनौँ । कहाँ–कहाँ सहकार्य हुन सक्छ भनेर पटक–पटक छलफल भइरहेको छ । खासगरी राजनीतिक र विकासका मुद्दामा मिलेर जाऔँ भन्ने छ । उपराष्ट्रपतिको निर्वाचनमा उहाँहरूले हामीलाई सघाउनुभयो । अहिले हामी पनि सरकार बाहिर छौँ, तर समर्थन फिर्ता लिएका छैनौँ । उहाँहरू पनि त्यही अवस्थामा हुनुहुन्छ । अहिले उपनिर्वाचनपछि राजनीति नयाँ कोर्सतिर जाने सम्भावना छ । त्यसैले जे निर्णय गरे पनि सँगै गरौँ भन्ने छ ।’स्रोत-नयाँ पत्रिकाबाट

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!