nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १३, २०८०, ७:४१ मध्यान्ह
बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

बैशाख १३ गते । बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकामध्ये १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा ६४ मा खसेको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारले दफा २० बमोजिम दाखिला गरेको धरौटी जफत हुने र सो धरौटी रकम निर्वाचन कार्यालयले संघीय सञ्चित कोषमा दाखिला गरी सोको बैंक भौचर श्रेस्तासाथ राख्नु पर्ने उल्लेख छ ।

बारा–२ मा कुल मतदाता संख्या १ लाख ५ हजार २४८ रहेकोमा ६९ हजार २२ अर्थात ६५.५८ प्रतिशत मत खसेको थियो । जसमा ८३० मत बदर भएको थियो भने सदर मत ६८ हजार १९२ थियो । जम्मा खसेको सदर मत ६८ हजार १९२ को दश प्रतिशत मतका लागि ६ हजार ८१९ मत ल्याउनु पर्नेहुन्छ । तर, बारा–२ मा तीन उम्मेदवारबाहेक ३१ उम्मेदवारले जमानत जफत जोगाउन सकेनन् ।

घण्टी चुनाव चिह्न भएका रास्वपाका उम्मेदवार खरेलले जम्मा २ हजार ८२९ मत मात्रै प्राप्त गर्न सके । दश प्रतिशत मत ल्याउन नसक्दा उनको जमानत जफत भएको छ । यस्तै, आम जनता पार्टीका अरुण कुमार ज्ञवालीको पनि जमानत जफत भएको छ । मोबाइल चुनाव चिह्न लिएर उठेका उनले २ हजार ७३८ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेलीले ११९ र नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १०९ मत पाए । यसबाहेक अन्य उम्मेदवारले भने सय मत पनि कटाउन सकेनन् ।

वैैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष एवं उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् । निकतटम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

यस निर्वाचन क्षेत्रबाट उठेका ३४ जनामध्ये तीन उम्मेदवारबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए ।

विजेता यादवसहित निकतटम् प्रतिस्पर्धीका रुपमा रहेका कुशवाहा र एमालेका पुरुषोत्तम पौडेलले १० प्रतिशत मत कटाएका छन् ।

यादवले २८ हजार ४१५ मत ल्याए भने कुशवाहाले २३ हजार ३३४ मत पाए । यस्तै एमाले उम्दवार पौडेलले १० हजार २१६ मत ल्याए ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि