बैशाख १३ गते । सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर मुसहरी टोलमा एक युवक पासो लगाई झु ण्डिएको अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार स्थानिय ३५ वर्षिय मनोज सदा आफ्नो घर भन्दा ५ सय मिटर पुर्वस्थित नहरको छेउमा शम्भु सदाले खेत बालि रेखदेखका लागि बनाईएको फुसको छाप्रोको बाँसको बल्लोमा तन्ना च्यातेको कपडाले पासो लगाई झु ण्डिएको अवस्थामा मृ त फेला परेको हो ।
मंगलबार बिहान उनी झुण्डिएर मृ त अवस्थामा स्थानियबासिले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि सोमबार जिल्लाको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरका स्थानिय धर्मेन्द्र साहकी ३० वर्षिया श्रीमती झु ण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यता जिल्लामा अढाई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९/८० को हालसम्मको अवधीमा भने विष सेवन र झु ण्डिएर आत्मह त्या गर्नेको संख्या ८६ पुगेको छ । गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झु ण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।














Discussion about this post