दिपक कर्ण/जनकपुरधाम/बैशाख ९ गते। उपचारका क्रममा बिरामीको मृ त्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा तो डफोड भएको छ ।
उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृ तकका आफन्तले शुक्रबार अस्पतालमा तो डफोड गरेपछि तनाव भएको हो ।
छाती दुखेपछि शुक्रबार बिहान अस्पताल भर्ना भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ जानकी नगरका ६० वर्षीय रामबाबु साहको दिउँसो करिब २ बजे मृ त्यु भएको थियो ।
सामान्य अवस्थामा भर्ना भएका बिरामीको चिकित्सकले लापरबाही गर्दा मृ त्यु भएको आरोप मृ तकका छोरा कृष्णा साहले लगाएका छन् ।
‘बिहान उपचारका लागि अस्पताल पुगेका बिरामीको दिउँसो मृ त्यु भएको छ,’ मृतकका छोरा कृष्णाले भने, ‘छाती दुखेपछि भर्ना गरेका थियौँ । उपचारका लागि डाक्टरलाई पटक–पटक बोलायौँ, तर आएनन् । उपचार गर्न नसक्ने अवस्था भए अन्यत्र रेफर गरिदिनुपथ्र्यो । हामी अन्तै लैजान्थ्यौँ ।’
कृष्णाले आफ्नो बुवा दिनको १२ बजेसम्म एकदम ठिक रहेको र आफूले भाइलाई अस्पतालमा छाडेर खाना खान घर गएको बेला अचानक उनको स्वास्थ्य अवस्था खराब हुँदा चिकित्सकहरुले उपचारप्रति कुनै चासो नदेखाएको आरोप लगाए।चिकित्सकहरुसँग उपचारका लागि एक घण्टासम्म गुहार लगाएपनि कसैले केही नसुनेको र अनाहकमा आफ्नो बुवाको ज्या न गएको उनको दुःखेसो छ ।
उनले प्रश्न गर्दै भने, ‘मुख्यमन्त्री सरोजकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरलाई सुधार गर्ने जनाएको प्रतिबद्धता कहाँ हरायो ? उनले अनुगमन गरेपनि यहाँ कुनै सुधार देखिएन त ? कि सबै नाटक नै थियो मुख्यमन्त्रीको पनि ? यहाँ उपचारका लागि आउने बिरामीले अनाहकमा यसरी नै ज्या न गुमाउने हो त ? खोई त हाम्रो सरकार ?’
यता, अस्पतालका चिकित्सक डा.शरद यादवले बिरामीको अवस्था पहिलेदेखि नै खराब रहेको र अक्सिजनको मात्रा पनि कम रहेको बताए ।
उनले भने, ‘गम्भीर अवस्थामा पनि उनी उपचारकै क्रममा आफैं बाथरुममा आवतजावत गरिरहेका थिए । सोही क्रममा बाथरुममै लडेर अचानक उनको मृत्यु भयो । यस घटनामा अस्पतालको कुनै गल्ती छैन ।’
यसैबिच, अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले मृतकका छोरा कृष्णा साहसहित आफन्तहरु रवि साह र आशिष साहलाई पक्राउ गरेको थियो । उनीहरुलाई ३ घण्टापश्चात् रिहा गरिएको छ ।
मृ तकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
चिकित्सकको लापरबाहीका कारण प्रादेशिक अस्पताल जनकपुरमा यस्ता घटना पटक–पटक दोहोरिने गरेको स्थानीयको आरोप छ ।





















Discussion about this post