सप्तरी/बैशाख ८ गते । सप्तरीको बलानबिहुल गाउँपालिकामा बिहीबार बच्चाको विषयलाई लिएर विवाद पश्चात् झ गडा हुँदा एक बालिकासहित दुई जना घाइते भएकी छिन् ।
सप्तरीको बलानबिहुल गाउँपालिकामा वडा नं. ५ कोदरकट्टि बस्ने ओम प्रकाश यादवकी ३२ वर्षिया श्रीमति सरोदेवी यादव र स्थानिय गंगाराम यादवकी १३ वर्षिया छोरी चन्द्रिका कुमारी यादवबीच बच्चाको विषयलाई लिएर झगडा भएपछि कु टपिट हुँदा दुबै जना घाइते भएकी छिन् ।
प्रहरीका अनुसार सरोदेवीको नाक र मुखमा चोट लागेकोले उपचारका लागि लहान पठाईएको तथा चन्द्रिकाको टाउकोमा चोट लागेको छ । प्रहरीले उक्त घटनामा चन्द्रिकाको बुबा ५६ वर्षिय गंगाराम यादवलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post