वैशाख ८ गते । सर्लाहीमा भएका बेग्लाबेग्लै घटनामा दुई बालबालिकाको मृ त्यु भएको छ ।
ईश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालक र चन्द्रनगर गाउँपालिकाको पोखरीमा डुबेर एक बालिकाको मृ त्यु भएको हो ।
ईश्वरपुर नगरपालिका –१५, बस्ने श्याम दासका छोरा वर्ष १२ का आशिषकुमार दासको आफ्नै घरको पङ्खामा रहेको तार छुँदा करेन्ट लागेर मृ त्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १ः१५ बजे करेन्ट लागेर घाइते बालकलाई गाउँकै एक क्लिनिकमा सामानय उपचार गरी लालबन्दीस्थित मोडेल अस्पतालमा ल्याउँदा चिकित्सकले मृ त घोषणा गरेका थिए ।
यस्तै, चन्द्रनगर गाउँपालिका –२, बबरगञ्जमा नुहाउनेक्रममा पोखरीमा डुबेर मामाघर आएकी एक बालिकाको मृ त्यु भएको छ । आज दिउँसो १२ बजेतिर स्थानीय रामप्रसाद सिंह दनुवारको पोखरीमा डुबेर सर्लाहीकै गोडैता नगरपालिका –६, बगदह बस्ने अमरेश पटेलकी छोरी वर्ष ११ की गुञ्जन पटेलको मृ त्यु भएको छ ।
गुञ्जन चन्द्रनगर गाउँपालिका–४ बस्ने अनुरोध पटेलको घरमा बस्दैआएकोमा आफ्नै हजुरबुवा दुःखा राउत र हजुरआमासँगै उक्त पोखरीमा कपडा धुन र नुहाउन गएका बेला डुबेर उनको मृ त्यु भएको बताइएको छ ।
बालबालिकाको श व पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्वा पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो ।














Discussion about this post