सप्तरी/बैशाख ७ गते। सप्तरीमा बिद्युत चो री गरिरहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट दुई जनालाई प क्राउ गरिएको छ ।
यो सँगै दुई महिनाको अवधीमा विद्युत चो री गरेको आरोपमा पक्राउ पर्नेको संख्या १ सय ३३ पुगेको छ । प क्राउ पर्नेहरुमा सप्तरीको राजबिराज नगरपालिका वडा न. १३ का योगेन्द्र यादव र डाकनेश्वरी नगरपालिका ७ का खेमराज चौधरी रहेको प्रहरीले जनाएको छ ।
विद्युत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विद्युतीय पोलबाट हुकिङ्ग गरी विद्युत प्रयोग गरिरहेको अवस्थमा प क्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
प क्राउ परेकाहरुबाट प्रति ब्यक्ती १५ हजार ५ सयका दरले जरिवाना वसुल तथा अब उप्रान्त विद्युत चोरी न गर्ने कागजात बनाएर मात्र छाडिने जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।














Discussion about this post