सप्तरी/बैशाख ७ गते । सप्तरीको सप्तरीको कंचनरुप नगरपालिका ८ लदबेदीमा जग्गाको विषयलाई लिएर दुईपक्षबीच कु टपिट हुँदा एकजना घाइते भएका छन् ।
सप्तरीको कंचनरुप नगरपालिका ८ लदबेदी बस्ने ४० वर्षीय सत्रुधन राउत र ३२ वर्षीय शंकर राउत, उनको श्रीमती ३० वर्षीया पबनी राउत, उनको भाई ३० वर्षीय राधेश्याम राउत, उनको श्रीमती २८ वर्षीया बबिता राउतबीच जग्गाको बिषयलाई लिएर झै–झगडा तथा कु टपिट हुदा सत्रुधन राउतको टाउको फुटेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राउतको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उचारको लागि बिराटनगर रिफर गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यता प्रहरीले कु टपिट गर्ने राधेश्याम राउत र शंकर राउतलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाएको छ ।














Discussion about this post