nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाली ड्राइभरले दुबईमा जिते ७१ करोडको चिट्ठा

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ७, २०८०, ८:४७ मध्यान्ह
नेपाली ड्राइभरले दुबईमा जिते ७१ करोडको चिट्ठा

बैशाख ७ गते। दुबईमा ड्राइभरको रुपमा काम गरिरहेका पदमको जीवन क्षणभरमै परिवर्तन भएको छ । महजुज नामको चिट्ठाको १२४ औँ खेलमा पदमले सबै नम्बर मिलाएर २ करोड दिराम (७१ करोड नेपाली रुपैयाँ) जितेका छन् । उनी सन् २०२३ का लागि चिट्ठा जित्ने पहिलो व्यक्ति हुन् ।

‘मैले अहिलेसम्म यो विश्वास गर्न सकिरहेको छैन,’ बुधबार चेक लिएका उनले भने । 

प्रत्येक महिना ५,७०० दिराम कमाउने पदम आवश्यकतामा परेकाहरुलाई आफूले सक्दो सहयोग गर्न सधैँ अग्रसर हुन्छन् । ‘म दृष्टिविहिनहरुलाई आफूले सक्ने जति सहयोग गर्छु । बाटोमा लठ्ठी टेकेर हिँड्ने ज्येष्ठ नागरिकको सहयोगमा पनि म सधैँ तत्पर रहन्छु । अब म उहाँहरुलाई अलि धेरै सहयोग गर्न सक्ने हैसियतमा पुगेको छु ।’

पदम पछिल्लो २३ वर्षदेखि दुबईम बस्दै आएका छन् । पहिलो पटक जुन कम्पनीले उनलाई ड्राइभरको रुपमा दुबई लगेको थियो, उनी त्यही कम्पनीमा निरन्तर काम गरिरहेका छन् । 

महजुज टिकट सार्वजनिक भएदेखि नै उनले किन्दै आएका थिए । ‘पहिला यसलाई अर्कै नामले चिनिन्थ्यो । मैले त्यतिबेला केही पनि जितिनँ । तर महजुज भनेर आएपछि मैले एकपटक ३५ दिराम जितेँ र अर्कोपटक ३५० दिराम । यो त मैले कहिल्यै सपनामा पनि सोचेको थिइनँ,’ पदमले भने ।

पदमले भाग्यशाली नम्बर छनोट गर्न श्रीमती र छोरीको सहयोग लिएको बताए । तीनवटा छोरी र श्रीमतीले र अर्को तीनवटा आफैँले छानेको उनले बताए । उनले सधैँ यसरी नै नम्बर छान्दै आएका थिए 

बिजेताको नाम घोषणा हुने प्रत्येक शनिबार पदमको आँखा टिभीको स्क्रिनमा हुने गर्दथ्यो । उनले अघिल्लो हप्ताको कार्यक्रम हेर्न भने छुटाए । किनभने उनी बिदा मनाएर भर्खरै दुबई फर्किएका थिए ।

‘भोलिपल्ट मलाई महजुजको प्रतिनिधिले फोन गरे । तर मैले उक्त फोनमा भनिएको कुरालाई विश्वास गरिनँ । कसैले मलाई मुर्ख बनाउन खोजेको होला जस्तो लागेको थियो,’ पदमले भने ।

उनले एप खोलेर हेरे । त्यसपछि मात्रै आफ्नो सबैभन्दा ठुलो सपना साकार भएको उनले विश्वास गरे ।

‘मैले त्यहाँको फोन नम्बरमा कल गरेँ, उहाँहरुले मैले नै चिट्ठा जितेको जानकारी दिनुभयो । त्यतिबेला म उभिएको भुइँ भास्सिएको जस्तो लाग्यो,’ उनले भने ।

पदमले यसबारे आफ्नी श्रीमतीलाई भन्दा उनले पनि सुरुमा विश्वास गर्न सकिनन् । उनले भने, ‘मैले यसबारे सबै जानकारी र प्रमाण दिएपछि उनको खुसीको सीमा रहेन ।’

पदमले जितेको रकम श्रीमतीको उपचारका लागि खर्च गर्ने, ऋण तिर्ने र छोरीको पढाईका लागि जोगाएर राख्ने जानकारी दिए । उनी आफ्नो परिवारसँगै दुबईमा नै बस्न चाहेको इच्छा पनि व्यक्त गरे । त्यसैले केही रकम दुबईमा घर बनाउन खर्च गर्ने उनले बताए । 

भविष्यमा आफूले ड्राइभरको रुपमा काम गरिरहने र महजुजको टिकट किनिरहने पनि जानकारी दिए । 

Tags: देशको खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!