सप्तरी/बैशाख ६ गते । सप्तरीको सप्तकोशी नगरपालिकामा एक किशोरी पासो लगाई झु ण्डिएको अवस्थामा बुधबार फेला परेकी छिन् ।
वडा नं. ३ सखुवनि टोल बस्ने बनहु चौधरीको १८ वर्षिय छोरा रबिन चौधरीसंग एक बर्ष अघि टिकाटालो गरी उनकै घरमा बस्दै आएकी जिल्लाकै कंचनरुप नगरपालिका वडा नं ३ सुब्बा टोल बस्ने चिचाई चौधरीकी १६ वर्षिया छोरी पुजा चौधरीले आफ्नै सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झु ण्डि छटपटाई रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झु ण्डिएर छटपटाइ रहेको अवस्थामा रबिन चौधरीले देखेपछि बुवा बनहु चौधरीले पासो काटी सोही स्थानमा राख्दा मृ त्यु भईसकेको थियो । घटना बारे सूचना पाएपछि प्रहरी चौकी फत्तेपुरबाट आएको टोलीले कानुन सम्वत मुचुल्का उठाई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















Discussion about this post