nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बारा–२ : मुख्य उम्मेदवारलाई जिताउन ‘डमी उम्मेदवार’ को लर्काे

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ५, २०८०, ४:११ मध्यान्ह
बारा–२ : मुख्य उम्मेदवारलाई जिताउन ‘डमी उम्मेदवार’ को लर्काे

बारा/बैशाख ५ गते। बारा–२ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि यतिबेला आधा दर्जन उम्मेदवार घरदैलोमा छन् भने बाँकी उम्मेदवार निष्क्रिय बसेका छन् । चैत २० गते कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ३६ जनाले उम्मेदवार मनोनयनपत्र दर्ता गरेका थिए । तीमध्ये २ जनाले फिर्ता लिएपछि ३४ जनाको उम्मेदवारी कायम छ तर यतिबेला फिल्डमा आधा दर्जन उम्मेदवारमात्रै चुनाव प्रचार अन्तर्गत घरदैलो कार्यक्रममा देखिन्छन् ।

उपनिर्वाचनका लागि १० उम्मेदवार राजनीतिक दलहरुबाट र २४ जना स्वतन्त्र छन् । जसमध्ये जसपा नेपालका उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीका अरुणकुमार ज्ञवाली र नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारी उम्मेदवार छन् ।

त्यसबाहेक केही भने ‘डमी उम्मेदवार’ को रुपमा खडा भएका छन् । मुख्य उम्मेदवारले आफ्नो चुनाव प्रचारप्रसारका लागि र निर्वाचन आचारसंहिताको प्रावधान छलेर सुविधा भोगका लागि डमी उम्मेदवार खडा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘उहाँहरुले नैतिकताका आधारमा आफ्नो चुनाव चिह्न लिएर अरुका लागि काम गर्न मिल्दैन, तर के गर्नु ? अहिले ४/५ वटा उम्मेदवारको समूहमात्रै घरदैलोमा छ, बाँकी सबै अरुका लागि काम गरिरहेका छन्,’ मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले भने ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ मा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा २ वटा दुईपाङ्ग्रे, ३ पाङ्ग्रे र ४ पाङ्ग्रे, सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ । तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन भन्ने उल्लेख छ ।

साथै उम्मेदवारले मतदानको दिन प्रति मतदानस्थलमा १ जना र मतगणना स्थलमा २ जनासम्म आफ्नो मान्छे खटाउन पाउने व्यवस्था छ । सोही व्यवस्थाको फाइदा उठाउन ठुला दलहरुले ठुलो संख्यामा ‘डमी उम्मेदवार’ उठाएका छन् ।

दलका मुख्य उम्मेदवारलाई जिताउने र निर्वाचनलाई प्रभावमा पार्ने उद्देश्यले डमी उम्मेदवार खडा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको आकलन छ ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार डा. कमरुल्लाह अन्सारीले ३४ जना उम्मेदवारमध्ये ४ देखि ५ जनामात्रै फिल्डमा खटेको, बाँकी सबै डमी उम्मेदवार भएको आरोप लगाएका छन् । ‘सबैभन्दा धेरै डमी उम्मेदवार जसपा नेपाल, एमाले र जनमत पार्टीको छ,’ उनले भने, ‘हामीसँग त खर्च पनि छैन डमी उम्मेदवार खडा गर्न ।’

२४ जना स्वतन्त्र उम्मेदवारमध्ये धेरैजसो जसपाका उम्मेदवार उपेन्द्र यादव, एमाले उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाका निकट रहेको स्रोत बताउँछ ।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ‘डमी उम्मेदवार’ रहेको स्वीकार गरे । उनले निर्वाचनलाई सहज बनाउन र सुविधाका लागि आफूले ४ देखि ५ जनामात्रै स्वतन्त्र उम्मेदवार उठाएको बताए । ‘हाम्रो धेरै छैन, त्यही ४/५ जना होलान्, जसपा र एमालेका उम्मेदवारका डमी उम्मेदवार धेरै छन्,’ कुशवाहाले भने ।-रातोपाटी बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!