काठमाडौ/बैशाख ४ गते। काठमाडौंको शान्तिवाटिकामा मिटरब्याजपीडित र प्रहरीबीच झ डप भएको छ। केही दिनदेखि देशका विभिन्न ठाउँबाट आएर शान्तिवाटिकामा बसिरहेका मिटरब्याज पीडितहरूले आज सिंहदरबार घेर्ने कार्यक्रम थियो।

मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति रौतहटका अध्यक्ष शिवशंकर महतोका अनुसार सोमबार बिहान ११ बजेदेखि प्रमुख सरकारी निकायका कार्यालयमा शान्तिपूर्ण आन्दोलन गर्ने तयारी थियो।

त्यही भएर बिहानदेखि प्रहरीले शान्तिवाटिका घेरेर बसेको र बाहिरबाट ताला लगाइदिएको उनले बताए। १ बजेसम्म नखोलेपछि गेट खोल्न आग्रह गर्दा झ डप भएको उनले बताए।

झ डपमा परेका ५ जना मिटरब्याजपीडित बेहोस भएका छन् भने केही घाइते भएका छन्। उनीहरूलाई वीर अस्पताल लगिएको छ। केही मिटरब्याजपीडितलाई प्रहरीले प क्राउ गरेर लगेको छ। प्रहरीतर्फ पनि ४/५ जना घाइते भएका छन्।
सरकारले पीडितको एक समूहसँग वार्ता गरेपछि पीडितको अर्को समूह पनि काठमाडौं आएको थियो। उनीहरूले सहमति कार्यान्वयन नभएसम्म प्रदर्शन जारी राख्ने बताउँदै आएका छन् ।





















Discussion about this post