सप्तरी/बैशाख ३ गते । गएराति सप्तरीको बोदेबर्साइन नगरपालिका ३ कुशमाहरमा दुई पक्षबीच ग्याङ्ग फा इट भएको छ ।
पुरानो रिसिविको कारण केटाहारुबीच झै–झ गडा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले ग्याङ्ग फाइटमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएका छ्न । प क्राउ पर्नेमा बोदेबर्साइन ४ पर्साही टोल बस्ने २५ वर्षीय कृष्ण कान्त साह, २६ वर्षीय अनिल कुमार साह, २२ वर्षीय चिन्तामनि चौधरी ,वडा ३ कुशमाहर बस्ने २४ वर्षीय निरज चौधरी, शम्भुनाथ नगरपालिका ७ सबैया बस्ने २९ वर्षीय देवकान्त मण्डल, डाक्नेश्वनरी नगरपालिका १० बनौला बस्ने ३६ वर्षीय राम कुमार मण्डल,बोदेबर्साईन ३ सारसर बस्ने २० वर्षीय राम सकल मण्डल र रुपनी गाउँपालिका २ लौवापार बस्ने १८ वर्षीय कृष्ण कुमार मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छ्न ।














Discussion about this post