nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३, २०८०, १२:२३ मध्यान्ह
राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा

काठमाडौँ/बैशाख ३ गते । राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ। सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ। तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा परेका छन् ।

राष्ट्रिय परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री डोलप्रसाद अर्यालको राष्ट्रिय परिचयपत्रलाई विमान सेवाका कर्मचारीले मान्यता दिएनन्। नेपाल वायुसेवा निगमको उडानबाट जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमका कर्मचारीले शनिबार राष्ट्रिय परिचयपत्रलाई यात्राको कागजात (ट्राभल डकुमेन्ट)को मान्यता नदिँदा समस्या भएको हो। सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन राष्ट्रिय परिचयपत्र अर्थात् विद्युतीय प्रणालीमा आधारित पृथक् नम्बर र चिप्स र फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रयोगमा ल्याए पनि ट्राभल डकुमेन्टमा नसमेट्दा कार्डलाई नै व्यक्तिको पहिचान एवं सेवा सुविधाका आधार कार्ड मान्ने नमान्ने भन्नेबारे प्रश्न उब्जाएको छ।

भारत सरकारले नेपालीको आधिकारिक पहिचान पत्रका रूपमा नागरिकता र राहदानीलाई मात्रै मान्यता दिँदै आएको भन्दै उहाँको परिचयपत्र अस्वीकार गरिएको हो। निगमका कर्मचारीले परिचयपत्र अस्वीकार गरेपछि उहाँले नागरिकताको प्रमाणपत्र मगाएर त्यसैका आधारमा आफू उडेर बैङ्लुरु पुगेको बताउनुभयो। अर्यालले नागरिकतामा भएका कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले ल्याइएको कार्डलाई सर्वेसर्वा बनाइए पनि ट्राभल डकुमेन्टको मान्यता नदिइएकोमा आश्चर्य लागेको बताए।

“विद्युतीय शासन प्रणाली अवलम्बनमा अग्रणी मानिने वैयक्तिक र जैविक विवरणसहितको स्मार्ट कार्डले नै व्यक्तिको पहिचान एवं सेवा सुविधाको आधार कार्डका रूपमा आधिकारिकता नपाएको” भन्दै उहाँले राष्ट्रिय परिचयपत्रको अवधारणामै प्रश्न उठाए ।

उनले भने , “निर्धारित समयमा भद्रपुर विमानस्थलबाट उडान सेवा नपाएपछि स्थलमार्गबाट दिउँसो १:४५ को उडानबाट भारत जान हतारमा काठमाडौँ विमानस्थल पुगेँ। साथमा राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, सवारीचालक अनुमतिपत्र, मतदाता परिचयपत्र र संसदीय परिचयपत्र हुँदा पनि निगमका कर्मचारीले नागरिकता वा पासपोर्टबिना जान नमिल्ने भन्दै रोके।” नागरिकता वा पासपोर्टबिना भारत जान नपाइने नियम आफूलाई थाहा नभएको जनाउँदै उहाँले उक्त जानकारीबारे निगमले कुनै पनि सूचना जारी नगरेको र सर्वसाधारणले कति सास्ती भोग्लान् भन्ने प्रश्न गर्नुभयो। सांसद अर्यालले आफूलाई निगमका कर्मचारीले नागरिकता वा राहदानी नबोकी भारत जाँदा त्यहाँको अध्यागमनले एक लाख रुपियाँसम्म जरिवाना तोक्न सक्ने बताएको उहाँले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले राष्ट्रिय परिचयपत्रलाई देशभित्र पहिचान पत्रको आधिकारिकता दिए पनि अन्तर्राष्ट्रियको हकमा भने सरकारले पूर्ण मान्यता लागू गर्न नसकेको बताए ।

उहाँले भन्नुभयो, “विभागले राष्ट्रिय परिचयपत्रको हकमा एक करोड १६ लाख नागरिकलाई दर्ता नम्बर प्रदान गरे पनि एक लाख ३३ हजार नागरिकलाई मात्रै कार्ड वितरण गरेको छ। सबै नागरिकको हातमा राष्ट्रिय परिचयपत्र पुगिनसकेकाले सरकारले यसलाई अन्तर्राष्ट्रिय आधिकारिकता नदिएको हुन सक्छ।”

निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता वा राहदानी नै अनिवार्य भएको भन्दै त्यसैअनुसार विमानस्थलमा काम हुने स्पष्ट पारेका छन् । गोरखापत्र दैनिकले छापेको छ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि