बैशाख १ गते। सप्तरीमा माच्छापुछे बैकको एटीएमबाट पैसा निकाल्न जादा पैसा ननिस्केको कारण रिसले एटीएम बुथको ढोकामा तोडफोड गर्ने दुई जनालाई सप्तरी प्रहरीले प क्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका २ बस्ने ३८ वर्षीय सुबास कुमार चौधरी र २५ वर्षीय निराजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बिहिबार साँझ अग्निसाईर कृष्णसवरण ६ महुली बजार स्थित एटीएमबाट पैसा निकाल्न जादा पैसा ननिस्केको कारण रिसले एटीएमको बुथको ढोकाको सिसा लात र हातले हानि फुटाई रहेको अवस्थामा ती दुई जनालाई सेक्युरिटी गार्डले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post