चैत २९ गते । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ का २१ वर्षीय मोबारक नदाफलाई पोलमा बाँ धेर कालोमोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई प्रहरीले प क्राउ गरेको छ । चैत २३ गते बिहान ३४ वर्षीय मिश्रले नदाफलाई पोलमा बाँ धेर अमानवीय व्यवहार गरेका थिए ।
मिश्रलाई नियन्त्रणमा लिएर अप मानजनक तथा अमा नविय व्यवहार कसुर मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । मिश्रले नदाफमाथि गरेको अमानवीय गतिविधिको भिडियो सामाजिक सञ्जालबाट थाहा पाएपछि पीडितका हजुरबुबा गफुर नदाफले सोमबार दिएको जाहेरीको आधारमा सोहि दिन प्रहरीले कृष्ण मिश्रलाई नियन्त्रणमा लिई जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।
यस्तो थियो घटना
लोहारपट्टी नगरपालिका ६ स्थित लोहारपट्टी चोकमा बन्दै गरेको शिव आश्रममाको को जिम्मा पाएका ठेकेदारले नदाफलाई काममा लगाएका थिए । नदाफले काम गरेको ज्यालासहितको हिसाव मिश्रसँग पटक पटक मागे तर दिएनन् ।
ठेकेदारले ज्याला नदिएको झोकमा नदाफले आफ्नो पारिश्रमिक बराबर फलाम काट्ने मेसिन र पंखा लिएर आए । त्यसको बदालामा मिश्रले उनलाई घरमै बोलाएर कु टपिट गर्दै लोहारपट्टी चोकमा लगेर पोलमा हात बांधी कालोमोसो दली कु टपिट गरेको स्थानीयको भनाइ छ ।
यता प्रहरीले दिएको जानकारी अनुसार नदाफले मेसिन चोरेको निहुमा उनीसँग अप मानजनक तथा अमानवीय व्यवहार गरेको प्रारम्भिर जानकारी रहेको जनाएको छ । नदाफको कपालसमेत मुण्डन गरि नगरभरि घुमाइएको थियो ।














Discussion about this post