nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डिस्चार्ज भएको ३६ दिनसम्म बिरामी बन्धक बनाउने जनकपुरधामस्थित न्यूरो अस्पताल दर्ताबिना नै सञ्चालनमा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २८, २०७९, ११:२७ बिहान
मधेश प्रदेशमै पहिलो पटक मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनकपुर न्यूरो हस्पिटल संचालनमा,जहाँ टाउकोको अप्रेसन गरिन्छ

जनकपुरधाम/चैत २८ गते । डिस्चार्ज भएको ३६ दिनसम्म बिरामी बन्धक रहेको जनकपुरधामस्थित न्यूरो अस्पताल दर्ताबिना नै सञ्चालन भइरहेको खुलेको छ ।

२०७८ फागुन दोस्रो सातादेखि सञ्चालन भएको अस्पतालले स्वास्थ्य सेवा विभागबाट अनुमति नै नलिएको पाइएको हो ।

जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता छ र आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएको छ ।

अस्तालले शेयरधनी डाक्टर विजय राउतले न्यूरो उपचारसम्बन्धी अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता रहेको दावी गरे । तर स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखा अनुसार यो अस्पताल हालसम्म दर्ता भएको छैन । अस्पताल अनुगमन तथा सुद्दढीकरण शाखा प्रमुख नरेन्द्र खनालका अनुसार अस्पतालले दर्ताका लागि निवेदन दिएको तर मापदण्ड नपुगेका कारण सुचीकृत हुन सकेको छैन ।

‘न्यूरो अस्पतालले दर्ताका लागि निवेदन दिएपछि हामीले दुई–तीन पटक अनुगमन समेत गर्‍यौं । तर, सरकारले तोकेबमोजिमको मापदण्ड भने पूरा भएको देखिएन’, खनालले भने, ‘हामीले मापदण्ड पूरा गरेर दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौं ।’

उपचार खर्च तिर्न नसकेर न्यूरो अस्पतालमा बिरामी ३६ दिनदेखि बन्धक रहेको समाचार प्रकाशित भएपछि विभागले २४ घण्टाभित्रमा कसको मातहतमा रहेर सञ्चालन भएको छ भन्ने लिखित जवाफ समेत मागेको छ ।

अनुगमनको क्रममा फार्मेसी, आकस्मिक कक्ष लगायतका विभिन्न कुराहरु सरकारको मापदण्ड अनुसार नभएको अस्पताल अनुगमन तथा सुद्दढीकरण शाखाले जनाएको छ ।

सञ्चालकले प्रदेश सरकारको निकाय र पालिकामा दर्ता नगराएको स्वीकार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । त्यहाँ कागजात माग्दा व्यवस्थापक प्रमुख सञ्जय मण्डलले कम्पनी दर्ताको मात्र प्रमाणपत्र उपलब्ध गराएका छन् । उनले अरु प्रमाणपत्र पछि उपलब्ध गराउने बताएका थिए ।

प्रशासकीय अधिकृत मिश्रले अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता भएको प्रमाणत्रसहित सञ्चालकलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको बताए । ‘भोलि दर्ता प्रमाणपत्रसहित प्रशासन कार्यालयमा हाजिर हुन सञ्चालकलाई भनेको छु । विभागबाट पनि दर्ता रहे नरहेको विषयमा पत्र लेखेर जानकारी माग्छौं’ उनले भने ।

यो अस्पताल डा. अजय राउत र इन्जिनियर विजय राउतले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । यो अस्पतालले उपचारमा चर्को उपचार शुल्क लिने गरेको जनगुनासो छ । अस्पतालमा डिस्चार्ज पश्चात रहेकी मन्तोरिया देवीको विषयमा बुझ्न सबैला नगरपालिकाका मेयर कारीराम यादव समेत पुगेका थिए । उनले दुईदिन भित्र यहाँबाट मुक्त गराएर लग्ने मन्तोरिया देवीलाई आश्वासन दिएका छन् ।

‘भोलि नै यो विषयमा सबैलाको कार्यपालिका बैठक बसेर छलफल गर्छौ । उपचार खर्च तिरेर के कसरी पालिकाले गर्न सकिन्छ भनेर । हामी यो घटनालाई संवेदनशील रुपमा लिएका छौं’ मेयर यादवले भने ।

सबैला नगरपालिका– ३० की मन्तोरियालाई गत माघ १२ गते मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएपछि उनलाई प्रादेशिक असपताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदियो । उपचार पश्चात सामान्य भएपछि गत फागुन २० गते हस्पिटलले डिस्चार्ज गरेको थियो ।

तर उपचार र औषधि खर्च गरी झण्डै ९ लाख रुपैयाँ बाँकी रहेको भन्दै अस्पतालले उनलाई रोकेरै राखेको छ । सम्पत्तिको नाममा दुई धुर घडेरीमा छाप्रो मात्र रहेका मन्तोरिया तीन छोराछोरी र ससुरासहित हस्पिटलमै बसिरहेका छन् । ठक्कर दिने मोटरसाइकल चालक पुर्पक्षका लागि जेल चलान छन् । अहिलेसम्म ठक्कर दिने पक्षले उपचारमा कुनै सहयोग गरेको छैन ।-अनलाईनखबर बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि