सप्तरी/चैत २७ गते । गत माघ २९ गते सप्तरीको सुरूङगा नगरपालिका ३ स्थित कदमाह गाईघाट सडक खण्डमा ट्याक्टरको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृ त्यु भएको छ ।
सो नगरपालिका ३ लक्ष्मीपुर निवासी गोबिन्द न्यौपानेको घरमा ज्याला मजदुरी गर्दै बस्दै आईरहेको ५४ वर्षिया गोमा कुमारी दाहालको काठमाडौंस्थित सुस्मा मेमोरियल अस्पताल साखुमा उपचारका क्रममा आइतबार बिहान मृ त्यु भएको हो ।
प्रहरीका अनुसार प्र.२–०१–००१त.२४४६ न.को ट्याक्टर कदमाहतर्फ जाँदै हिडिरहेकी गोमालाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको दुबै खुट्टा र टाउकोमा चोट लागेको थियो । उनलाई तत्कालै उपचारका लागि माँ धमिनि अस्पताल लहान पठाईएकोमा थपउपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















Discussion about this post