सप्तरी/चैत २६ गते । सप्तरीमा धान कुट्ने मिलमा विद्युतको तार सर्ट भई आगलागि हुँदा लाखौँको क्षति भएको छ ।
समयमा कंचनरुप नगरपालिका ७ आदर्श टोल बस्ने बिश्वनाथ न्यौपानेको धान कुटने मिलमा आइतबार बिहान करिब पौने २ बजेको विद्युतको तार सर्ट भई आगलागि हुँदा १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीमा २२० सिसिको मोटरसाइकल, धान कुटने मेसिन, गहुँ कुटने मेसिन, मासाला पिसने मेसिन, काँटा, धान ५ क्युन्टल, गहुँ १ क्युन्टल, ठुलो मोटर १ थान, सानो मोटर १ थान, मिल रहेको घर लगेर नष्ट भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनि नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा आएको हो ।















Discussion about this post