nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डाक्नेश्वरी नगरपालिकाकी उपमेयरविरुद्ध उजुरी प्रकरण : प क्राउ गर्न परमादेश माग्दै उच्च अदालतमा मुद्दा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २३, २०७९, २:४९ मध्यान्ह
डाक्नेश्वरी नगरपालिकाकी उपमेयरविरुद्ध उजुरी प्रकरण : प क्राउ गर्न परमादेश माग्दै उच्च अदालतमा मुद्दा

विद्यानन्द राम/चैत २३ गते । कीर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवलाई प क्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन परमादेश माग गर्दै उच्च अदालतमा मुद्दा दायर भएको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासमा दायर भएको सो मुद्दामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय सप्तरीलाई विपक्षी बनाइएको छ ।

प्रमाणसहित उजुरी गरेको झण्डै ८ महिना वित्दा समेत कारबाही प्रक्रिया अघि नबढाइएपछि विपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी गर्न माग गर्दै मुद्दा दायर गरिएको डाक्नेश्वरी नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत दायर गरेको मुद्दामा उल्लेख छ ।

२०७९–डब्लुओ–०३५२ नम्वरमा दायर भएको सो मुद्दाको आगामी वैशाख १० गते साधारण तारेख तोकिएको छ । कृष्णले गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उपमेयर मीरा र उहाँका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उजुरी गरेका थिए ।

विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमाति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई मिरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छन्’, उजुरीमा भनिएको छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमार्फत माग गरिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम रहेको भने अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न प्रमाण राखिएको छ । सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोदार्थ गर्दा समेत अहिलेसम्म कुनै कारबाही भएको छैन् ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले संलग्न भएर आएको कागजातको वास्तविकताबारे छानबिन गर्न गृह मन्त्रालय पठाइएको र त्यसबाट प्रमाण्ति भएर आइसकेपछि कानूनी प्रक्रिया अघि बढाइने बताए ।

उता, उजुरीपछि छानबिन सुरु हुनासाथ उपमेयरका पति महेन्द्रले आफ्ना नाममा रहेका २ विघा ६ धुर जग्गा बिक्री गरिसकेका छन् । महेन्द्रले सप्तरी र सुनसरीमा रहेको ७ वटा कित्ताको जग्ग बिक्री गरिसकेका छन् ।

महेन्द्रको नाममा रहेको सप्तरीको पातोस्थित कित्ता नम्वर १(ख)को १६२७ र सुनसरीको भोक्राहास्थित ६ (क) को ८३२, ८३४, ९५५, १११ र १३६९ तथा ८ (ग) को २७६ को जग्गा बिक्री भएको छ । कित्ता नम्वर १६२७, १११, ८३२ र ८३४ को जग्गा गत साउन ३० गते विक्री गरेको छ भने कित्ता नम्वर ९५५,२७६ र १३६९ को जग्गा गत भदौ १ गते बिक्री गरेको भूमि सुधार तथा मालपोत कार्यालयको तथ्यांकले देखाएको छ ।

उपमेयर मीराले सो आरोपहरु गलत रहेको दावी गर्दै आएकी छन् भने महेन्द्रले चुनावको बेला भएको ऋण फछ्र्यौट गर्न ती जग्गाहरु बिक्री गरेको स्वीकार गरे । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

धनुषाको जनकनन्दिनी गाउँपालिकामा जसपाको अग्रता

कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास, साउन २० गते राष्ट्रिय भेला

सुन चाँदी दुबैको घटयो मुल्य

सुन चाँदी दुबैको घटयो मुल्य

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!