nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तराईमा हराउँदै गए भकारी र कोठी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०७९, ११:५० बिहान
तराईमा हराउँदै गए भकारी र कोठी

चैत २२ गते। चैतेबाली धमाधम भित्र्याउन थालेपछि भङ्गाहा नगरपालिका–६ स्थित पर्सा टोलका किसान दीपलाल सिंह थारू बाली कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले पिरोलिएका छन्  । गहुँ, रहर, चना, मसुरोसहित चैते बाली काटेर चुट्ने, दाइँ गर्न चटारो भइरहेका बेला यी फसल सुरक्षित राख्ने चिन्ताले उनलाई सताएको होे ।

चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहरलगायत खाद्यान्न भण्डारणका लागि चाहिने माटाका कोठी र भकारी अब बन्न छाडेपछि थारूसहितका यस भेगका किसानलाई उत्पादित फसल सुरक्षित भण्डारण गर्ने सामानको अभावमा चिन्ता देखिएको हो । “प्रत्येक घरमा माटाका कोठीमा बाली राखेपछि घुन लाग्दैनथ्यो”, बर्दिवास नगरपालिका–९ की नथुनी महताले भने, “अब पुराना कोठी फुटेर गए अब नयाँ कोठी बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ ।”

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ । “माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर न पोखिने चिन्ता !”, भङ्गाहा–४ की रामसुनरदेवी थारूले भनिन्, “अब त घरमै आफैँ खान राखिने खाद्यान्न घुनबाट सुरक्षित राख्न पनि जानाजान थरीथरीका औषधि मिसाउनु पर्नेभयो ।” “हेर्नोस् न जानाजान विष खान तयार भएका छौँ” उनले भनिन्, “माटाका कोठीमा यी खाद्यान्न राखेर माटाकै ढकनले छोपेपछि वर्षौैंसम्म जस्ताको त्यस्तै रहन्थ्यो, खै अहिलेका छोरी, बुहारीले त के हो कोठी भन्या भनी सोध्न थाल्याछन् , खै के भनौँ !”

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा खासगरी थारू समुदायमा माटाका कोठी बनाउनु कौशलका रूपमा लिइन्थ्यो । माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनाका साथै यसलाई कौशल र थारू संस्कृतिसँग जोडिएकाले विगतमा बुहारी छनोट गर्नुपूर्व यो सीपबारे सोधपुछ गर्ने गरिएको भङ्गाहा–८स्थित धर्मपुरका बृद्ध मोती बछार थारूले बताए । “हाम्रो जातिमा दुई दशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिँदा तिनले माटाका कोठी बनाउन, काँस (एक प्रकारको वनस्पति)को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् भनेर सोधिन्थ्यो”, उनले भने, “अब त ती सबै कुरा हराइसके, अनि के कोठी देखिनु ? माटाका कोठी बनाउन छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा पनि ओझेलमा परेको छ । ”

कोठी बन्न छाडेपछि यहाँका थारूले पनि अब खाद्यान्न थन्क्याउन प्लास्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन् । “के गर्नु बाबु, आफ्ना नाडी बसिहाले”, भङ्गाहा बस्तीकी पारोवती चौधरी थारूले भने, “अबका छोरी, बुहारीले यसो सिकाैँ भन्ने चासो नै देखाउँदैनन्, अबका केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?”, पछिल्लो पुस्ताको अरुचिले अब हस्तसीपको खास नमूना मासिन लागेकामा पाको उमेरका थारूमा चिन्ता थियो ।

विगतमा तराई क्षेत्रमा थारू महिलाकै सामीप्यले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिक्ने गरे पनि थारू समुदायमै यो कुरा हराउन थालेपछि अन्त के खोज्नु ? भन्ने बूढापाकाको प्रतिक्रिया हुने गरेको छ । विगतमा कस्का कस्ता कोठी भनेर सामाजिक प्रदर्शन र चर्चा हुने गरेकामा अब पछिल्लो पुस्तालाई कथा बन्न पुगेको गौशाला–२ निगौलका पूर्वशिक्षक विचारी चौधरीले बताए ।

प्रत्येक दिनको फुर्सदको क्षणमा तयार गरिने कलात्मक कोठी हेर्न बस्तीमा हल्लीखल्ली नै हुने गरेको विगत सम्झँदै सोही स्थान निवासी शान्तिदेवी सिंह दनुवारले भन्नुभयो, “अब यो कुरा नातिनातिनालाई सुनाउने कथा मात्रै भयो ।” विगतमा तराईमा बिघौंबिघा जग्गाका मालिक हुँदा एउटै घरमा निकै गहुँ, चना, रहरलगायत फसल हुने र चामल पनि निकै थन्क्याउनु पर्ने भएकाले त्यतिबेला घुनबाट खाद्यान्न बचाउन कोठी बनाउने चलन थियो ।

पछिल्ला वर्षहरुमा जग्गा पनि घट्दै गएकाले कोठी प्राथमिकतामा पर्न छाडेको बताउने पनि छन् । “नयाँ पुस्तामा कोठी बनाउने सीपबारे चासो नहुनु त मुख्य कुरो छँदैछ”, साहित्यकार डा राजेन्द्रप्रसाद विमलले भने, “अब जग्गाको स्वामित्व खुम्चँदै गएर चैतेबालीको उत्पादन पनि कम हुन थालेपछि यसको आवश्यकता महसुस नभएजस्तो छ ।” पछिल्ला दिनमा मौसमअनुसार उत्पादित फसल बेच्ने र पछि आपूmलाई चाहिने बेला बजारबाट किनेर चलाउने चलन बढेको उनको भनाइ थियो ।

यो चलनले बाली थन्क्याउने झन्झट पनि हटेको छ । स्थानीय परम्परा, संस्कृति, कला र साहित्य आफ्नो विशिष्ट पहिचान भएकाले लोप हुँदै गएको माटोको कोठी बनाउने परम्परालाई जोगाउन नयाँ पुस्ताले चाख देखाउनुपर्ने पशुपतिनगरस्थित राष्ट्रिय माविका प्रधानाध्यापक हरिदेव महतोको भनाइ थियो । यसका लागि आपूmले साप्ताहिक एउटा अतिरिक्त कक्षामा सीप जानेकाहरुबाट माध्यमिक तहका छात्रालाई अभ्यास गराउन चाहेको उनले बताए ।

Tags: मधेस प्रदेश खबरमहोत्तरी खबर

Discussion about this post

Related Posts

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!