जनकपुरधाम/चैत २० गते। अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाबाट २३ जना प क्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ प क्राउ गरेको हो ।

जनकपुरधामको पीडारी चोकस्थित बर्गर हाउस छेउमै फ्लाइट भाडामा लिएर अनलाइन ठगी धन्दा चलाउने २३ जना प क्राउ परेका हुन् । ठगी धन्दा चलाउने कोठमामै प्रहरीले छापा मारेर १४ युवक र ९ युवतीलाई प क्राउ गरेको हो ।

पक्राउ परेका यूवा–युवतीहरु २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरु अनलाइनबाट ठगीहरुको सूचना पाएपछि छापा मारेर नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले अनलाइनबाट ठगी गरिरहेको सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले यो विषयमा थप अनुसन्धान सुरु गरिएको बताए ।















Discussion about this post