सिरहा/चैत्र १६ गते। सिरहाको मिर्चैयामा रहेको सागरमाथा बोर्डिङग स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै गरेको तस्विरहरु सार्वजनिक भएको छ ।
विभिन्न कक्षामा पढने कलिला उमेरका बालकहरु स्कुलकै पोसाक लगाएर नजिकै रहेको होटल क्याफेमा गएर चुरोट तान्दै गरेको तस्विरहरु समाजिक सँजालमा जताततै देखिएको छ ।
सागरमाथा माध्यमिक विद्यालयका ती विद्यार्थीहरु विहिबार मिर्चैयास्थित एक क्याफेमा चुरोट तान्दै गरेको देखिएका छन् । उनीहरु कक्षा चलिरहेकै बेला कक्षा छाडेर होटलमा गएर मजाले चुरोट तान्दै एकअर्कामा कुराकानी गर्दै गरेको देखिन्छ। गरेको बताइएको छ ।
यद्यपी, उनीहरु घरबाट स्कूलको लागि निस्केपनि स्कूल नै नपुगेर सीधा क्याफेमा गई नियमित चुरोट खाने गरेको बताइएको छ । उनीहरुको उमेर बढीमा १० देखि १४ बर्षको रहेको छ ।
सो विद्यालयमा पढने ती विद्यार्थीहरुलाई निगरानी भने विद्यालयको तर्फबाट भइनरहेको स्पष्ट छ ।
Discussion about this post