जनकपुरधाम/चैत १५ गते । रौतहटको ईशनाथ नगरपालिका ६ मा आगलगी हुंदा सुतेकै अबस्थामा जलेर एक बालिकाको मृ त्यु भएको छ ।

मंगलवार राति करिब १० बजे मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उनकी ११ बर्षीया छोरी रजिया खातुन घरमा सुतेकी थिइन् । सुतेको कारण आगो लागेको थाहा पाएर भाग्न नसकेपछि उनको जलेर मृ त्यु भएको छ ।

सुतेकै अबस्थामा जलेको शरिर उनको घरमा भेटिएको रौतहट प्रहरीले जनाएको छ । आगलगीबाट घरपालुवा जनावर र लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

आगलगीमा ११ वर्षीया बालिकाको मृ त्यु भएकोमा संघीय सांसद किरण साहले दुःख व्यक्त गरेका छन् । उनले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय निकाय र जिल्ला प्रशासन कार्यलयसंग माग गरेका छन् ।-नेपाल प्रेस





















Discussion about this post