राजविराज/चैत १५ गते । सप्तरीको खडक नगरपालिका ३ बनरझुलामा विद्युतको तार सट भइ आगलागि हुँदा मंगलबार सात वटा खसी, बाख्रा जलेर मेरका छन् ।
स्थानिय अरुण चौधरीको टिन र काठले बनेको गाई गोठमा बिद्युतको तार सट भई आगलागि हुँदा खसी, बाख्रासहित आलु, काठ र गाई गोठ समेत जलदा सात लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















Discussion about this post