राजविराज/चैत १४ गते । आठ वर्षपछि बहुविवाहका फ रार एक प्रतिवादी प क्राउपछि सोमबार जेल चलान भएका छन् ।
जेल चलान हुनेमा राजविराज नगरपालिका ८ निवासी ४५ वर्षिय दिनेशकुमार साह छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहका अनुसार बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतले सुनुवाई गर्दै २०७२ साल चैत १७ गते साहलाई एक वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर गरेको थियो ।
अदालतको फैसला पछि उनी फ रार भएका थिए । वादी पुनम साहको जोहरीले उनीमाथी बहुविवाह मुद्दा चलाइएको थियो ।घरमै लुकी बसेको गोप्य सूचनापछि पुगेको प्रहरी टोलीले साहलाई प क्राउ गरेको हो ।
प क्राउ परेका साहलाई सोमबार नै अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।















Discussion about this post