राजविराज/चैत ११ गते । सप्तरी जिल्लामा आ त्मह त्याका घटना बढ्दै गइहरेको छ । यस्ता घटना न्यूनिकरणका लागि प्रहरीले सचेतना अभियान चलाई रहेका बेला पनि आ त्मह त्याका घटना भने रोकिएको छैन ।
पछिल्लो पटक शनिवार जिल्लाको छुट्टाछुट्टै स्थानमा एक ३२ वर्षिया महिलाले झुण्डिएर आ त्मह त्या गरेकी छिन भने एक ७५ वर्षिय वृद्धले विषादी सेवन गरी आ त्मह त्याको प्रयास गरेका छन् ।
योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आ त्मह त्या गर्नेको संख्या १७ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रहरीका अनुसार विष्णुपुर गाउँपालिका ३ मुसहरी टोलमा विहान ६ बजेतिर ३२ वर्षिया ममता मरिकले आफ्नै कोठामा साडीको पासो लगाई झु ण्डिएर आ त्मह त्या गरेकी छिन । उनको मृ त शरिर पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको खडक नगरपालिका–८ विसनपुर टोल बस्ने ७५ वर्षिय बृद्ध हजिरा मोती रहमान मियाँले तरकारी खेतीमा किरा मार्न प्रयोग गरिने सुपरकिलर नामक विषादी सेवन गरी आ त्मह त्याको प्रयास गरेका छन् ।
उनको गम्भिर अवस्थामा छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनाको कारण भने खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post