चैत ९ गते। मधेस प्रदेशकाे सर्लाहीमा जङ्गली जनावरका लागि थापिएको करेन्टमा परी एक जनाको मृ त्यु भएको छ ।
भारतीय सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको करेन्ट लागेर मृ त्यु भएको प्रहरीले जनाएका छन् ।
रामअक्षयलाई राति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारी घेरेर थापिएको विद्युतीय करेन्टमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।














Discussion about this post