जनकपुरधाम/फागुन २७ गते । रौतहटमा कुटपिटबाट एक जनाको दालित युवकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दास रहेको प्रहरीले जनाएको छ ।

मृ तक परिवारका अनुसार, बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीन जनाको समूहले उनलाई कु टपिट गरेका थिए । कु टपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृ त्यु भएको प्रहरीले जनाएको छ ।
घटना पश्चात श वलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार, सुस्त मनस्थिति (राम्ररी बोल्न नसक्ने) दासले एक ४ वर्षीय बच्चाको हात समातेपछि उनीमाथि कु टपिट भएको थियो ।
कु टपिटबाट समान्य घाइते भएको लागेर उनलाई उपचारको लागि लगिएन भने प्रहरीलाई जानकारी समेत दिइएन । मृ त्यु पश्चात बिहीबार अपराहन्न साढे ४ बजे प्रहरीलाई खबर गरेपछि घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि लगिएको थियो ।
कुटपिटमा संलग्न भएकाहरु फ रार भएका छन् । उनीहरुको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।





















Discussion about this post