सप्तरी/फागुन २१ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ खाडो खोला नजिकबाट श्रोत नखुलेको ८६ हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक भारतीय व्यक्ति प क्राउ परेका छन् ।

प क्राउ पर्नेमा भारतको बिहार राज्यको कैसुर दत्तिया ग्राम पञ्चायत निवासी ५४ वर्षिय चन्द्रशेखर ठाकुर छन् । शुक्रवार साँझ पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान पुरा भएपछि कार्वाहीको लागि आइतबार सुनसरीको इटहरीस्थित आन्तरिक राजश्व अनुसन्धान कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
भारतीय सीमासँग जोडिएको उक्त क्षेत्रमा भारतबाट पैदलै आउँदै गरेको अवस्थामा शंका लागि तिलाठी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सप्तरीबाट खटेको संयुक्त टोलीले चेक जाँचको क्रममा श्रोत नखुलेको उक्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

















Discussion about this post