एजेन्सी। भारतको कर्नाटकमा भारतीय जनता पार्टीका विधायक मदल विरुपक्षप्पाका छोरा प्रशान्तलाई ४० लाख भारु लिँदालिँदै पक्राउ गरिएको छ ।
उनको पक्राउपछि लोकायुक्तका कर्मचारीहरूले घरमा छापा मारेका थिए ।
छापा मार्दा ६ करोड भारु भेटिएको छ जसको कुनै हिसाब प्रशान्तसँग छैन ।
बिहीवार रातभरि तलाशी चलिरह्यो अनि कर्मचारीहरूले नोट गनिरहे । नोट गन्दा गन्दा उनीहरू थाके ।
मदल कर्नाटक सरकारको स्वामित्व रहेको कर्नाटक साबुन तथा डिटर्जेन्ट लिमिटेडका अध्यक्ष हुन् । त्यसले प्रसिद्ध मैसूर स्यान्डल साबुन बनाउँछ ।
मदलका छोरा प्रशान्त बेंगलुरु जल आपूर्ति तथा ढल निकास बोर्डका प्रमुख लेखापाल हुन् ।
उक्त कार्यालयमा १.७५ करोड भारु नगद भरिएको तीनवटा झोला लोकायुक्त कर्मचारीहरूले फेला पारे । त्यसलाई पनि उनीहरूले बरामद गरेका छन् ।
प्रशान्तले एउटा टेन्डर पास गराउनका लागि कुनै एक व्यक्तिसँग ८१ लाख भारु मागेको बताइएको छ । तिनै व्यक्तिले लोकायुक्त कार्यालयमा उजुरी दिएको बताइन्छ ।
त्यसपछि प्रशान्तलाई घूस लिँदालिँदै गरेको अवस्थामा पक्राउ गर्नका लागि जाल बिछ्याइएको थियो ।
Discussion about this post