फागुन १७ गते । अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिए नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ।
राष्ट्र बैंकले मंगलबार सूचना जारी गरी लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिए उजुरी गर्न आग्रह गरेको छ।
लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था रहेको भन्दै राष्ट्र बैंकले हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नभएको स्पष्ट पारेको छ ।
‘सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन्’, राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन्।’
लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण एकाइमा गुनासो दर्ता गर्न आग्रह गरिएको छ।














Discussion about this post