फागुन १२ गते । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज एक सूचना प्रकाशित गरि कर्मचारी माग गरेको छ।
संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।लघुवित्तले विभागीय प्रमुख (आन्तरिक लेखापरीक्षण विभाग) र विभागीय प्रमुख (लेखा, वित्त व्यवस्थापन तथा योजना विभाग) एक–एकजना माग गरेको छ । साथै सुपरभाइजर र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ ।
संस्थाले कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशित गरि विभागीय प्रमुखका लागि लेखा तथा वित्त विषयमा स्नाकोत्तर तह वा सीए उत्तीर्ण र सहायकका लागि प्लस टु देखि स्नातक तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिल (फागुन १२ गते) ले १५ दिन भित्र संस्थाले उपलब्ध गराएको वेबसाइट https://nmbmicrofinance.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस















Discussion about this post