nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तको ऋण ढिलोचाँडो तिर्ने नै थियौं, घरमा ताला लगाइदिंदा श्रीमतीले आत्मह त्या गरिन्

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ११, २०७९, ९:३१ मध्यान्ह
लघुवित्तको ऋण ढिलोचाँडो तिर्ने नै थियौं, घरमा ताला लगाइदिंदा श्रीमतीले आत्मह त्या गरिन्

फागुन ११ गते । जेठ १७ गते कैलालीको गौरीगंगा नगरपालिका–१, लठैयाकी रेशमा चौधरी (३४) आँगनमा बेहोस अवस्थामा भेटिएपछि ७३ वर्षीय ससुरा चारु चौधरीले हत्तपत्त गाउँले बोलाएर सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याए । उपचारमा जुटेका चिकित्सकले भोलिपल्ट बिहान ८ बजे रेशमाको मृ त्यु भएको सुनाए ।

चिकित्सकका अनुसार, मृ त्युको कारण विषादी सेवन थियो । डकर्मी काम गर्दै आएका रेशमाका श्रीमान् प्रदेशु चौधरी (४५) कैलालीकै चुरे गाउँपालिकामा काम गर्न गएका थिए ।

श्रीमती बेहोश भएको खबर पाएपछि आएका उनले कानुनी प्रक्रियापछि श व बुझे । त्यसयता घर कुरेर बसेका छन् । उनका अनुसार, रेशमाले विष खानुको कारण लघुवित्तको ऋण हो ।

प्रदेशुका अनुसार, उनीहरूले लघुवित्त संस्थाबाट ऋण लिन थालेको १३ वर्ष भएको थियो । सुरुमा तीन सन्तान हुर्काउन र पछि ऐलानी जग्गामा रहेको घडेरीमा घर बनाउन चौधरी दम्पतीले लघुवित्तहरूसँग कारोबार गरेका थिए ।

पछिल्लो पटक घर बनाउँदा उनीहरुले युनिक नेपाल नामक लघुवित्त वित्तीय संस्थाबाट तीन लाख रुपैयाँ ऋण लिएका थिए । तीन वर्षमा तिर्ने गरी लिएको ऋणमा १ लाख ४० हजार रुपैयाँ तिर्न बाँकी रहेको हिसाब सुनाउँदै उनले भने, ‘कोरोना महामारीपछि काम नपाउँदा सावाँ–ब्याजको किस्ता तिर्न सकिएको थिएन ।’

उनीहरूले अरू लघुवित्तबाट पनि ऋण लिएका छन् । तीन वर्ष पहिले सिकिस्त बिरामी भएका छोरा सुरेशलाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गराउँदा इन्फिनिटी लघुवित्तबाट तीन लाख कर्जा लिएका थिए ।

इन्फिनिटीको ऋण त ८२ हजार र त्यसको ब्याज मात्र थियो’ प्रदेशु भन्छन्, ‘निको भएर मजदुरी गर्न सिन्धुली गएको १८ वर्षको छोरा उतै बितेपछि उसको मन सारै कमजोर भएको थियो ।’

छोरीको बिहे गर्दा किसान लघुवित्तबाट पनि तीन लाख लिएका थिए । विभिन्न महिला समूहमा आबद्ध भएकाले रेशमाकै नामबाट कर्जा लिने गरेको बताउँदै उनले भने, ‘कान्छा छोराले बुहारी ल्याएपछि सामाजिक रीत अनुसार विवाह गर्न एउटा सहकारीबाट ५० हजार रुपैयाँ ऋण लिएका थियौं ।’ ऋणमाथि ऋण खाप्दै आएको रेशमा–प्रदेशु दम्पतीको घरमा (१७ जेठमा) युनिक नेपाल लघुवित्तले सूचना टाँसेर ताला मारिदियो ।

‘ऋण ढिलोचाँडो तिर्ने नै थियौं, तर उसले मौका नदिएर घरमा ताला लगाइदिंदा रेशमाले आत्मह त्या गरिन्’ प्रदेशु भन्छन्, ‘म घरमा भएको भए उनलाई मर्न दिने थिइनँ ।’

प्रदेशुका अनुसार रेशमा बितेपछि युनिक नेपालले सावाँ–ब्याज मिनाह गरेर किरिया खर्च दिएको छ । ‘इन्फिनिटी, किसान र पहलमानपुरका कर्मचारी चाहिं आइरहेका छन्’ उनी भन्छन्, ‘लघुवित्तको ऋणले मेरी श्रीमतीको ज्यान लियो । अब मैले कहाँबाट तिरौं ?’

बिहे भइसकेका कान्छा छोरा गाडीका सहचालक छन् । चौधरी परिवारको आम्दानी भनेको सहचालकले पाउने तलब मात्र हो । घरजग्गै लिलाम गरेर असुल्न आग्रह गर्दा लघुवित्त कम्पनीहरूले नगद नै चाहिने अडानमा रहेको उनले बताए ।-अनलाईन खबर बाय

Tags: बैंक तथा बित्तलघुवित्तलघुवित्त समाचार

Discussion about this post

Related Posts

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!