nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहान क्याम्पसको ५० लाख अलपत्र, मन्त्रालयले दिएको कार्यादेश पूर्व मन्त्री पुत्र साहको कब्जामा

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १०, २०७९, ११:३९ बिहान
सिरहाको लहान क्याम्पसको ५० लाख अलपत्र, मन्त्रालयले दिएको कार्यादेश पूर्व मन्त्री पुत्र साहको कब्जामा

सिरहा/फागुन १० गते। मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले लहान क्याम्पसको भवन निर्माणका लागि विनियोजन गरेको ५० लाख बजेट अलपत्र परेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले भवन निर्माणको लागि क्याम्पसलाई ५० लाख बजेट भवन निर्माणका लागि रेडबुकमा उल्लेख गरेको छ । तर, निवर्तमान सामाजिक विकास मन्त्री नवल किशोर साहका पुत्र सुमित साहले सो योजनाको कार्यादेश आफ्नो ड्राइभरबाट बुझेपछि निर्माण अलपत्र परेको छ ।

लहान क्याम्पसका निमित प्रमुख संजय चौधरीले सो बजेटको कार्यादेश लिन मन्त्रालयमा पुगेपछि चिठ्ठी सामाजिक विकास मन्त्रीका छोरा सुमितका ड्राइभरले बुझेको जवाफ पाएको बताए । मन्त्रालयबाट सक्कल कापी माँग गर्दा दिन नमिल्ने कर्मचारीहरुको भनाई उल्लेख गर्दै निमित्त प्रमुख चौधरीले भने, ‘यस भन्दा पहिलाका बजेटहरु क्याम्पस सञ्चालक समितिले चलाएको भए पनि यसपटक सुमितले उपभोक्ता समिति बनाउनुपर्ने बताएको र आफ्नो मान्छेहरुलाई राख्नुपर्ने अडान लिएका छन् ।

निवर्तमान मन्त्री साहका छोराले अधिकांश योजनाहरु आफूखुशी चलाएको र त्यहाँ पनि आफ्नो अनुकूल गर्न चाहेको उनले आरोप लगाए । माघ २९ गते आफूहरुलाई छलफलको लागि बोलाइए पनि कुनै छलफल नभएको र पछि सदन चल्न थालेपछि अहिले सम्म सो बजेट क्याम्पसलाई अझै प्राप्त नभएको चौधरीले बताए ।

सामाजिक विकास मन्त्रालयको राजविराज स्थित कार्यालयका प्रमुख दुनियालाल यादवले दुबै पक्षलाई बोलाएर छलफल गर्न पहल गरे पनि निवर्तमान मन्त्री साहका पुत्र सुमितले कुनै चासो लिएका छैनन्’ उनले भने, सो बजेट आफूले बनाउने उपभोक्ता समितिबाट नै खर्च हुनुपर्ने उनको अडान छ ।

क्याम्पसको रकम निवर्तमान मन्त्री साहका छोराले अग्रिम कमिसनको माग गर्दै कार्यादेश रोकेको आरोप एमालेका सभासद राजेन्द्र प्रसाद चौधरीले प्रदेश सभाको बैठकमा लगाएका हुन् । कमिसनकै लागि कार्यादेश रोकिएको उल्लेख गर्दै उनले सम्बन्धित मन्त्रालयले तत्काल कारबाही अगाडि बढाउनुपर्ने माग गरे ।

सामाजिक विकास मन्त्रालयको कतिपय योजनाहरुको अग्रिम कमिसन सम्बन्धित पक्षले नबुझाएको कारण कार्यादेश साहले नै रोकेको आरोप छ । मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको कारण गन्हाएको आरोप प्रदेश सभाको बैठकमा लाग्ने गरेको छ । रातो किताबमा उल्लेख भएका सबै योजनाको कार्यादेश जारी भइसके पनि सम्बन्धित पक्षको हातमा परेको छैन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयवाट छुट्टयाइएको अधिकांश बजेट सुमितले नै चलाएको विगतमा पनि आरोप लागेको थियो ।

निवर्तमान मन्त्री साह सप्तरी १ बाट प्रतिनिधिसभामा चुनाव लड्ने तयारी गरिरहेकै बेला सुमितले सो मन्त्रालय अन्तरगतका अधिकांश योजनाहरुको कार्यादेश ड्राइभर देखि आफ्ना आसेपासेको नाममा बुझेका छन् । सबैसंग बार्गेनिङ्ग गरिरहेका छन् तर, कुरा नमिलेका कारण सो बजेटहरु कार्यान्वयन हुन ढिला भइरहेको मन्त्रालय स्रोतले जनाए । सभार स्रोत-ईजनकपुर टुडे बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि