माघ २१ गते। महाेत्तरी जिल्लाकाे लेखापढी व्यवसायी द्वारा अनिश्चितकालकाे लागि सेवाहरु पुर्ण रुपमा ठप्प पारिएकाे एसाेसियनका अध्यक्ष श्याम सुन्दर यादवले विज्ञप्ति मार्फत जानकारी गराएका छन्।
लेखापढी कानुन व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवा लगायतका सबै लेखपढ गर्नुपर्ने कागजी कामकाज ठप्प छन् ।
जिल्ला प्रहरी कार्यालयले मालपोत कार्यालयबाट पाँचजना बिचौलियालाई पक्राउ गरेपछि मालपोतमा काम गर्ने लेखापढी व्यवसायीले पक्राउ परेका पनि लेखनदास रहेको भन्दै उनीहरुलाई निसर्त छाड्नुपर्ने माँग गर्दै आन्दोलन गरेका छन् ।
यहि १८ गते वुधवारका दिनआफ्ना लेखी व्यवसायीलाई विचाैलियकाे आराेप लगाउँदै गैर कानुनी तरिकाले विना कारण प्रहरीले नियन्त्रणमा लिएकाेले हामिहरु पुर्ण काम काज ठप्प पारी अनिश्चितकाे लागि बन्द गरिएकाे छ ।यसकाे सत्य तथ्य जाँच वुझ नभए सम्म अर्थात दाेषिलाई कर्वाई नभए सम्म काम काज ठप्प रहने छ ।
यसै गरि फेरि विचाैलियकाे आराेप लगाएर फसाउनु काम नहाेस भने हाम्राे माँग रहेका छन ।
आज ४ चार दिन देखि मालपाेत कार्यालयमा लेखापढी व्यवसायीहरुले काम थप्प पारिएकाे कारण सेवा ग्राही मर्कामा परेका छन ।
उता प्रहरीले मालपोत कार्यालयबाट पक्राउ गरेका पाँच जनामाथि शान्तिविरुद्धको अपराधमा सात दिनको म्याद थप गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीले बताए ।














Discussion about this post