जनकपुरधाम । गत आर्थिक वर्ष मधेस प्रदेशमा मात्रै २२ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मधेस प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
अघिल्लो आर्थिक वर्षमा यो प्रदेशमा १४ अर्ब ५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको थियो । यो प्रदेशमा एक वर्षमा मात्रै ८ अर्ब २५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।
नेपाल राष्ट्र बैँकको मधेश प्रदेशको आर्थिक प्रतिवेदन अनुसार सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैँकको निर्देशन बमोजिम बैँक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनअनुसर सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा धितोमा आधारित भएर अन्य कर्जा सरह प्रवाह गरेकाले यो कर्जा ह्वातै बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
कुल प्रवाहित कर्जामध्ये सबैभन्दा धेरै सर्लाही जिल्लामा भएको छ । यस जिल्लामा कुल कर्जाको २०.१३% अर्थात् ४ अर्ब ४८ करोड रुपैयाँ प्रवाहित भएको छ । त्यस्तै, सप्तरी जिल्लामा ४.८७% अर्थात् १ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
मधेश प्रदेशका कुन जिल्लामा कति सहुलियतपूर्ण कर्जा प्रवाह ?




















Discussion about this post