मोरङको उर्लाबारी नगरपालिका-२ स्थित सिरुझारमा श्रीमानले बञ्चरोको बिं ड प्रहार गर्दा २ जना घाईते भएका छन् ।
आईतबार राति करिव ८ बजेको समयमा उर्लाबारी-२ सिरुझारको फ्याफुल्ला चौकमा रहेको कुमार राईको घरमा स्थानिय चन्द्रबहादुर राई र उनकी श्रीमती सगै सुतिरहेको देखेपछि राईले श्रीमती र ति पुरुषलाई ब ञ्चरोमा प्रयोग गरीने बिड प्र हार गरी कु टपिट गरेको प्रहरीले जनाएको छ ।
कु टपिटबाट राईकी ४१ वर्षीय श्रीमती र ३७ वर्षीय चन्द्रबहादुर राईको टाउकोमा चो ट लागेको अस्थाई प्रहरी चौकी मंगलबारेका इन्र्चाज देव नाराएण यादवले बताए ।
घा ईते दुवैको मंगलबारे स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार पश्चात घर फर्किएको प्रहरीले जनाएको छ ।बिंड प्र हार गर्ने ३९ वर्षीय राईलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । चन्द्रबहादुर सो घरमा बेलबखत घाँसदाउरा र मेलापात गर्न आउने गरेको र घटनामा संलग्न ३ जनाले म दकपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post