भारत झारखण्डको धनबादमा आफ्नी सालीको मायामा पागल भएका एक व्यक्तिले भयानक घटना घटाएका छन् । उनले श्रीमती र सासूमाथि छुरा प्र हार गरेका हुन् । यसबाट उनकी श्रीमतीको मृ त्यु भयो भने सासू गम्भीर घाइते भएकी छिन्, उनको उपचार भइरहेको छ ।
धनबादको धनसार चौकी क्षेत्रको महावीर नगरमा अनिल डोमको सालीसँग विगत चार वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको थियो । थाहा पाएपछि श्रीमती र सासूले विरोध गरे । तर अनिलले सालीलाई कुनै पनि हालतमा छोड्न चाहेनन् । उनी अक्सर परिवारसँग झगडा गर्थे ।
८ जनवरीमा मादक पदार्थ सेवन गरेर घर पुगेर श्रीमतीसँग झगडा गर्न थालेका थिए । श्रीमतीलाई बचाउन सासू आएपछि अनिलले चक्कु निकालेर दुवैलाई प्रहार गरेका थिए ।
उक्त आक्रमणमा दुवै महिला गम्भीर घाइते भएका थिए । दुवैलाई हतार हतार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा अनिलकी श्रीमतीको मृ त्यु भयो । सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
यस प्रकरणमा धनबादका डीएसपी अरविन्द बिन्हाले अनिल आफ्नो सालीसँग प्रेममा रहेको बताए । विरोध गरेपछि उनले श्रीमती र सासूमाथि आ क्रमण गरेका हुन् । उनकी श्रीमतीको मृ त्यु भयो ।
श्रीमतीको मृ त्युपछि उनी घरबाट भागे । अभियुक्तलाई प क्राउ गर्न टोली समेत गठन गरिएको थियो । अभियुक्तलाई जेल पठाइएको छ । आरोपीले आफ्नी सालीसँग प्रेम सम्बन्ध भएको कुरा स्वीकार गरेका छन् ।
श्रीमती र सासूलाई यसबारे सबै थाहा थियो । यसै विषयमा घरमा झगडा हुँदा रिस उठेर उनले हत्या गरेका हुन् । आफूलाई यसबाट पछुतो लागेको कुरा पनि उनले जानकारी गराए ।
Discussion about this post