माघ ८ गते। धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अप हरणपछि ह त्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको ह त्या भएको हो ।
दुवैजना गत पुस २७ गतेदेखि बेप त्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेका थिए । विष्णुको परिवार अप हरणकारीलाई रु २० लाख दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए ।
अप हरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल–भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । “हामीले यसबारे भारतीय प्रहरीलाई खबर गर्यौ”, धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भने, “भारतीय प्रहरीले दुई श व भेटेपछि आज हामीलाई खबर गरेको हो ।”
भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको श व फेला परेको डिएसपी क्षेत्रीले बताए । ह त्यामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीन जनालाई प क्राउ गरेको छ । नेपाल प्रहरीले पनि अन्य दुई जनालाई प क्राउ गरेर अनुसन्धान अघि बढाएको डिएसपी क्षेत्रीले बताए ।
यसैबीच, अपहरणपछि ह त्या घटनामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले दुई नेपालीसहित पाँचजना प क्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का रोहित साह र वडा नं. १३ का विष्णु साहको ह त्या आरोपमा पाँचजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । प क्राउ पर्नेमा दुईजना नेपाली र तिनजना भारतीय नागरिक छन ।भारततर्फ प क्राउ परेका तिनजनाको पहिचान सार्वजनिक गरिएको छैन ।
नेपाल तर्फ प क्राउ पर्नेमा महोत्तरीको मनरा सिसवा नगरपालिका २ ईटहर्वा बस्ने २४ वर्षीय किसन कुमार पंडित र मुकेश पासवान रहेको प्रहरीले जनाएका छन् ।
प्रवक्ता क्षेत्रीका अनुसार गत पुस २७ गते रोहित र विष्णु ज १२ प ८०४ नम्बरको पल्सर मोटरसाइकलबाट घुम्न निस्केकोमा सोही दिनदेखि तिनीहरुको मोबाइल अफ भएको थियो । दुईदिनपछि विष्णुकै फोनबाट विष्णुको बुवाको मोबाईलमा फोन आएको र विष्णुलाई छाड्न १० लाख लिएर आउन भनेका थिए ।
अ पहरणकारीको फोन आएकै दिन पीडितले प्रहरीमा मौखिक जानकारी गराएपछि जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले भारतिय सिमा अन्तर्गत पर्ने भारतिय प्रहरीसंग आवश्यक समन्वय गरेर खोज तलास तथा अनुसन्धान गर्दै जादा आइतबार बिाहान करिब अढाई बजे भारतको बिहार राज्य सितामढी जिल्ला पर्सा ग्राम थाना बेला स्थितमा दुईवटा ला स गाडिएको अवस्थामा फेला परेको हो ।
Discussion about this post